मुख्य समाचार
अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने – सञ्चारमन्त्री
अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने – सञ्चारमन्त्री

। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए। सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो।




‘नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ’, सञ्चारमन्त्री गुरुङले भने ।

सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए ।



‘यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पुर्‍याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भने, ‘अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो।’

कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिए। ‘मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन’, उनले भने, ‘क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ। ‘यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ’, उनले भने ।

सचिव डा. ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताए । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उनले सुनाए ।

‘सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ’, सचिव डा ढाकालले भने । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ६७.२९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँ बराबर बजेट कार्यान्वयन गरेको थियो । यस आवमा कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी सञ्चालन ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् । नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताएका हुन् । ‘एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत्रकारहरूको प्रश्नमा नेपालले यस्तो ...
। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशको नाम परिमार्जन गर्ने निर्णय गरेको छ । प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण ...
। एक सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्यभोटेकोशी जलविद्युत् आयोजनाका सम्बद्ध अधिकारीलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिए । पूर्णस्वदेशी सीप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाका रूपमा रहेको यो ...