मुख्य समाचार
झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताए
झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताए

। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् ।




‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

यद्यपि एमालेमा फर्कने प्रश्नमा भने खनालले सर्त राखेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता खनालले एमाले फर्कन चार सर्त राखेका छन् ।



माक्र्सवाद–लेनिवाद मार्गदर्शक सिद्धान्त, २०६२/०६३ सालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइकाले समाजवादी क्रान्तिमा जानुपर्ने निष्कर्ष, जबज छोडेर समाजवादी कार्यक्रम र वैज्ञानिक समाजवादलाई लक्ष्य मान्ने सर्तमा एमाले फर्कने उनले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् । पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे । ‘पार्टीभित्र उत्पन्न ...
। बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा ६७.२९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रुपैयाँ बराबर बजेट कार्यान्वयन गरेको थियो । यस आवमा कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी सञ्चालन ...
। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् । नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले ...
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताएका हुन् । ‘एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत्रकारहरूको प्रश्नमा नेपालले यस्तो ...
। कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशको नाम परिमार्जन गर्ने निर्णय गरेको छ । प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण ...