मुख्य समाचार
एक सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार
एक सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार

। एक सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना उत्पादनका लागि तयार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्यभोटेकोशी जलविद्युत् आयोजनाका सम्बद्ध अधिकारीलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायत संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिए ।




पूर्णस्वदेशी सीप र पूँजीबाट बन्ने सर्वाधिक ठूलो आयोजनाका रूपमा रहेको यो आयोजनाले उत्पादनको तयारी पूरा गरेको हो ।

कार्यकारी निर्देशक शाक्यले आयोजना अन्तर्गत ७.२ किलोमिटर सुरुङमा पानी नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।



यसका साथै पावरहाउस लगायत सबै पूर्वाधार भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्था गर्नसमेत निर्देशन दिए ।

आयोजनाको बाँध मार्मिङ–९ चाकु र पावर हाउस जम्बुमा रहने छ । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माणको काम केही महिनाअघि नै सम्पन्न भए पनि प्रसारण लाइन टुंगो नलागेका कारण उत्पादन सुरु भएको थिएन ।

सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोड्ने लक्ष्य भए पनि स्थानीयसँग सहमति हुन नसकेपछि लामोसाँघु तर्फबाट ल्याउने प्रयास भएको थियो ।



त्यहाँ समेत सम्भव नभएपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यु खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो ।

२०७० सालदेखि निर्माण सुरु भएको आयोजनामा साउन २०७१ मा आएको जुरे पहिरो, वैशाख २०७२ को विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, असार २०७३ मा भोटेकोशी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोशी नदी एवं आसपास क्षेत्रमा आएको बाढी-पहिरो तथा कोभिड-१९ महामारीको चपेटा लगायत समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...