मुख्य समाचार
माधवकुमार नेपालले झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाए
माधवकुमार नेपालले झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाए

। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन् ।

खनालले बोलेको साँचो भए पार्टीमा बस्ने ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ खनालसँग राजीनामाको विकल्प बाँकी रहेको बताएका हुन् ।




‘एमाले विभाजन गलत रहेछ’ भन्ने खनालको अभिव्यक्तिप्रति पत्रकारहरूको प्रश्नमा नेपालले यस्तो बताएका हुन् ।

‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले (हाँस्दै) भनेका छन्, ‘त्यो हो भने पार्टीबाट विदा गरिदिनुपर्छ नि । यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक आधारै छैन ।’



उनले थपे, ‘खुरुक्क राजीनामा दिनुपर्छ । विदा भएर जानुपर्छ ।’

खनालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले भनेका छन्, ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म । एमालेमा जुन विद्रोह गरियो त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...