। सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि प्रहरी चौकी पचुवारघाटको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता माझीको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । बेपत्ता माझीको अवस्था अहिलेसम्म अज्ञात छ ।