मुख्य समाचार
नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल
नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल

। नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच छलफल भएको हो ।




बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन र व्यापार प्रवर्द्धन, सूचना आदान–प्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि कुराकानी भएको छ ।

बैठकमा अनलाइन भिसा प्रणाली, नेपाली सामग्रीहरूको निर्यात, तथा मानसरोवर गन्तव्यमा जाने तिर्थयात्रुहरूका लागि साझा बस पुनः सञ्चालन गर्नेसम्बन्धी विषय पनि उठाइएको थियो ।



सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाका अनुसार, मानसरोवर जाने भारतीय तिर्थयात्रुहरूको संख्यामा वृद्धि भएकोप्रति चिनियाँ पक्षले चासो व्यक्त गरेको थियो । त्यसअनुसार, सुरक्षा व्यवस्थापनमा सहकार्य गर्न सहमति जुटाइएको सीडीओ थापाले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षासम्बन्धी अपराध नियन्त्रण, आयात-निर्यात व्यवस्थापन, तथा दैवी प्रकोपको सन्दर्भमा चिनियाँ पक्षले विशेष चासो देखाएको थियो । साथै, चिनियाँ क्षेत्रमा रहेको हिमनदीसम्बन्धी सूचना आदान–प्रदानका लागि पनि सहमति भएको उनले बताए ।

रसुवाको बाढीबाट प्रभावित २०५ जनाको उद्धारप्रति नेपालले चिनियाँ पक्षलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोगका लागि अनुरोध पनि गरेको छ । साथै, केरुङ नाका अवरुद्ध भएकाले चाडपर्वलाई ध्यानमा राखी आवश्यक सामग्री ढुवानीका लागि कन्टेनर संख्या बढाउन नेपाली पक्षले आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार बैठकमा सीमा सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणबारे पनि विस्तृत छलफल भएको थियो । उनले भूकम्पअघि जस्तै तातोपानी नाका सञ्चालनमा ल्याउन नेपालले माग राखेको जानकारी दिए ।

‘निर्यात-आयात प्रक्रिया सहज बनाउने र नाकालाई व्यवस्थित एवं सञ्चालनमैत्री बनाउने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ,’ कार्कीले भने ।



उनका अनुसार, विशेष गरी नेपालतर्फको बन्दरगाहसम्म पुग्नुअघि इपिङ र लार्चामा रहेका बेलिब्रिजहरूको लोड क्षमता २८ टन मात्रै भएकाले त्यसको अनुसार मात्र सामग्री पठाउन अनुरोध गरिएको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयमा सामानको तौल मापन भए पनि ती पुलहरूको सीमित क्षमताका कारण एकपटकमा पठाइने सामग्रीमा ध्यान दिन आग्रह गरिएको हो ।

बैठकमा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी थापा, प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी प्रमुख अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान प्रमुख सुवास कार्की, अध्यागमन अधिकृत पदमराज तिमल्सिना, सशस्त्र प्रहरी डिएसपी जगत दुलाल, सशस्त्र प्रहरी निरीक्षक केदार खत्री, प्रहरी निरीक्षक सुरेश पाण्डे र जगत राई सहभागी थिए । चिनियाँ पक्षबाट न्यालम क्षेत्रका उच्च प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू उपस्थित थिए ।

बैठकमा नेपाली पक्षले चीनतर्फ निर्यातमा प्राथमिकता दिन आग्रह गरेको थियो । २०७८ वैशाख १८ गतेदेखि तातोपानी नाकाबाट निर्यात पुनः सुरु भए पनि चीनले निर्यातलाई प्राथमिकता नदिँदा नेपाली व्यापारी मर्कामा परेका छन् ।

भूकम्पअघि तातोपानी नाकाबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउ लगायत १८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासासम्म निर्यात हुने गर्थे। तर, निर्यातमा निरन्तर अवरोध आएपछि सयौं व्यापारीको व्यवसाय प्रभावित भएको छ ।

सीमा जोड्ने अरनिको राजमार्गको करिब २६ किलोमिटर खण्ड क्षतिग्रस्त अवस्थामा रहेको र दैनिकजसो सडक अवरुद्ध हुने समस्या रहेको हुँदा केरुङ नाका तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तो अवस्थामा तातोपानी नाका व्यवस्थित गरेर सञ्चालनमा नल्याए आगामी चाडपर्व लक्षित आयातमा समेत असर पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...