मुख्य समाचार
बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताए
बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताए

। प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताएका छन् । सिंहसँग अलि बढी सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने पनि उनले अनुमान लगाए ।

‘गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँमा बीपी कोइरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो,’ उनले भने ।




शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गणेशमान सिंह शहीद गंगालाल श्रेष्ठका मित्र भएकाले पनि गणेशमानलाई पुष्पलाल श्रेष्ठले सम्मान गर्ने गरेको उनले बताए ।



‘गणेशमान पुष्पलालका दाजु शहीद गंगालालका साथी हुन् । एकैदिन प्रजा परिषद्को सदस्यता लिएका हुन् । दाजुको साथी भएको हुनाले पुष्पलालले पनि गणेशमानलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो,’ उनले भने, ‘पुष्पलाल राजनीतिमा लाग्ने उमेर नहुँदै सर्वश्वसहित जन्मकैद पाइसक्नुभएको थियो, गणेशमान सिंहले । पुष्पलाल गंगालालबाट प्रभावित हो । उहाँले १३—१४ वर्षदेखि नै राजनीति थाहा पाउनु भयो । वामपन्थी राजनीति, देशभक्तिपूर्ण राजनीतिको समर्थन गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले अग्रजका पूरा हुन बाँकी सपना पूरा गर्न लाग्नुपर्ने बताए ।

‘दाजुको जब हत्या भयो त्यसपछि उहाँले प्रजा परिषद्बाट छिन्नभिन्न भएपछि नेपाल प्रजातान्त्रिक संघ भनेर गठन गर्नुभयो । पछि नेपाली कांग्रेसको वास्तविकता देखेपछि, बुझेपछि त्यसबाट अलग हुनुभयो । कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...