मुख्य समाचार
नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमका ४ जना खेलाडी संकटा क्लबमा आबद्ध भएका छन्
नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमका ४ जना खेलाडी संकटा क्लबमा आबद्ध भएका छन्

: नेपाली राष्ट्रिय यू-२० महिला फुटबल टिमका ४ जना खेलाडी संकटा क्लबमा आबद्ध भएका छन्।



आगामी महिला लिग छनोटका लागि यू-२० टिमबाट डिफेन्डर अनिशा राई, मिडफिल्डर सेनु परियार, फर्वाडद्वय शुक्रिया मिँया र समीक्षा मगर संकटा फुटबल क्लबमा आबद्ध भएका हुन्।


संकटा क्लबले आइतबार नै फर्वाड पूर्णिमा राईलाई आबद्ध गरेको थियो। साफ यू-२० प्रतियोगिता सकेर नेपाली महिला यू-२० टिम हाल एएफसी एसियन कप छनोटका लागि भुटानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एएफसी यु-२० महिला एसियन कप छनोटका लागि नेपाली टिम आफ्नो तर्फबाट तयार रहेको प्रशिक्षक यम प्रसाद गुरुङले बताएका छन्। भुटानको थिम्पुमा हुने यस प्रतियोगितामा नेपालले समूह एमा बुधबार पहिलो खेलमा घरेलु टिम भुटानसँग खेल्नेछ। नेपाली टिमले राम्रो तयारीसहित मैदानमा उत्रर्ने बताए। ‘हामीले यस प्रतियोगिताअघि साफ च्याम्पियनसिप पनि खेलेका छौं। त्यसले पनि हामीलाई राम्रो तयारी ...
: अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने यस प्रतियोगिताका लागि कुशल मल्लले टिममा पुनरागमन गरेका छन्। यसअघि स्कटल्यान्ड टुरमा टिममा नअटेका मल्लले पुनरागमन गरेका हुन्। यसै टोलीमा आदिल आलम र अनिल कुमार शाह भने टिममा अटाउन सकेनन्। ...
: ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको छ। बोल्सोनारोमाथि कूको आरोपमा मुद्दा चलिरहेको छ। उनले कथित कू षड्यन्त्रमा कुनै पनि संलग्नता अस्वीकार गरेका छन्। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गत महिना आफूमाथि लगाइएको प्रतिबन्धको पालना नगरेकाले यो निर्णय गरिएको बताए। यसमा बोल्सोनारोको कानुनी टोलीले रोक आदेश उल्लङ्घन गरेको अस्वीकार गरेको छ भने यो ...
— ब्राजिलले वुमेन्स कोपा अमेरिकाको उपाधि आइतबार रक्षा गरेको छ । उसले फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल ४–४ को बराबरीमा समाप्त भएको थियो । ब्राजिलले दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो नवौंपल्ट हो । फाइनल पूर्णतः उतारचढावपूर्ण रह्यो । इक्वेडरको स्टाडियो रोड्रिग्व पाज डेलगाडोमा भएको फाइनलमा कोलम्बियाले तीनपल्ट अग्रता ...
: भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेन्डुलकर ट्रफी २०२५ को अन्तिम टेस्ट खेल लन्डनको ओभल क्रिकेट मैदानमा भइरहेको छ। यस खेलको चौथो दिन आइतबार समाप्त भएको छ। इङ्ग्ल्याण्डको स्कोर ३३९ रन छ र यसले ६ विकेट गुमाएको छ। जेमी ओभरटन ० र जेमी स्मिथ २ रनमा अविजित छन्। इङ्ग्ल्याण्ड जितबाट ३५ रन टाढा छ। भारतलाई चार ...