मुख्य समाचार
दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा
दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा

: दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा गरेका छन्। भारतीय पत्रकार शुभाङ्कर मिश्रसँगको कुराकानीमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो दुरी तय गर्ने बताएका हुन्।



उनी भन्छन्, ‘नेपालको टिम निकै राम्रो टिम हो। यो टिमले लामो दुरी तय गर्नेछ।’ उनले नेपाली टिमलाई अझ धेरै एक्सपोजर चाहिएको बताए।


मिश्रले २०२४ को विश्वकपमा नेपाली टिमले दक्षिण अफ्रिकालाई निकै कडा प्रतिस्पर्धा दिएको प्रशंग जोड्दै डिर्भिलियर्सलाई प्रश्न सोधेका थिए। जवाफमा उनले भने, ‘कृपया नेपाली टिमलाई र नेपाली खेलाडीलाई अझ धेरै एक्सपोजर दिनुहोला !’


उनले विश्व क्रिकेटमा नेपाली टिम धेरै सम्भावना बोकेको भएका कारण धेरै खेलहरु खेल्नुपर्ने बताए। उनले भने, ‘नेपाली क्रिकेटलाई अहिले स्थायित्व र निरन्तर क्रिकेट चाहिएको छ।’

मिश्रले उनलाई नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नेबारे पनि साेधेका थिए। जवाफमा उनी भन्छन्, ‘त्यति बेला मेरो तालिका मिलेन, म अहिले छोटो समयका लागि मात्रै लिगहरु खेल्ने गरेको छु।’

पहिलो सिजन आफूले खेल्न नपाए पनि आगामी सिजनहरूमा खेल्न सक्ने उनले बताए। ‘आशा छ, भविष्यमा मैले खेल्नेछु।’

२०२४ को विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...
। मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो । नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ...
। एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने महत्वकांक्षा राखेका छन् । समूह एफ मा रहेका नेपाल र भियतनाम आज साँझ ६:१५ बजे प्रतिस्पर्धामा उत्रँदै छन् । त्यसको अगाडि बुधबार भएको ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको ...