मुख्य समाचार
(प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्ने चेतावनी
(प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्ने चेतावनी

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार सुरू भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अनुशासन विपरीत कार्य गरे कारबाही गर्ने चेतावनी दिएका हुन्। पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको संकेत गरेका हुन्।



पार्टी पुनःगठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सबालमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच दुई वर्षदेखि विवाद हुँदै आएको छ। फेरि त्यो विवाद चुलिएको छ। पार्टी पुनःगठनको माग उठाउँदा नेता शर्मालाई पार्टीको माथिल्लो तहबाटै पार्टी फुटाउन लागेको आरोप लाग्दै आएको छ। उपमहासचिव शर्माबारे प्रचण्डले बैठकको सुरुवातीमै ब्रिफिङ गर्दै भने, ‘पार्टीभित्रको कुरा छलफल र बहस गर्न सबैलाई छुट छ। तर, जनार्दनजीले सार्वजनिक रूपमा जुन बोल्नुभयो, त्यो ठीक होइन र यसले राम्रो सन्देश गएको छैन। पार्टीभित्र अनुशासन कायम हुनुपर्छ।’


शर्माले पछिल्लो समय नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको माग गर्दै आइरहेका छन्। उनले आगामी महाधिवेशनबाट नेतृत्वमा प्रचण्डलाई चुनौती दिने गरी अघि बढेपछि माओवादीभित्र अन्तरसंघर्ष चर्किएको छ। पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार उपमहासचिव शर्माले उठाएको सवालमा पार्टी अध्यक्ष प्रचण्डले परामर्श बैठक बसेर मागबारे छलफल गरिने छ।


‘क. प्रचण्डजीले यसअघि नेता शर्माले उठाउनुभएको विषयहरू परामर्श बैठकबाट सम्बोधन गर्नुभयो। शुक्रबार पनि पार्टीभित्रको एकतालाई बलियो बनाउन सबैमा उहाँले आग्रह गर्नुभएको छ’, बैठकमा प्रचण्डले बोलेको कुरालाई उद्धृत गर्दै उपमहासचिव पोखरेलले भने, ‘शनिबारदेखिको बैठकमा सबै नेताहरूले कुरा राख्नुहुन्छ। त्यसमा जनार्दनजीले पनि आफ्नो कुरा राख्नुहोला। त्यसपछि थप कुरा हुने छ।’

समाजवादी मोर्चामा देखिएको समस्या समाधान भएको अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई जानकारी दिएका छन्। जनता समाजवादी पार्टी नेपाल मोर्चाबाट बाहिरिएपछि शिथिल बनेको थियो। अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताका लागि भइरहेको वार्ता सकारात्मक बन्दै गएको बताए।

‘अहिले हामी मोर्चामा सँगै छौँ, एउटै पार्टी बनाएर जानुपर्छ भन्ने मतहरू बलियो हुँदै गएको छ। माधव र विप्लवजीसँग कुरा भइरहेको छ। चाँडै एकताको प्रक्रिया अघि बढ्छ। एकता तत्काल हुनु पनि सक्छ, प्रक्रिया लम्बिन पनि सक्छ’, उनले बैठकमा भने, ‘मोर्चामा आबद्ध भएका मात्रै नभई पूर्वमाओवादी घटकहरूसँग पनि एकता गर्नेबारे छलफल भइरहेको छ।’

यता पार्टी अध्यक्ष प्रचण्डले दिएको जानकारीबारे पुष्टि गर्दै पार्टी उपमहासचिव पोखरेलले भने, ‘समाजवादी पार्टीमा देखिएको समस्या समाधान भएको हामीलाई जानकारी दिनुभएको छ। मोर्चालाई वैचारिक, कार्यनीतिको आधारमा अरु पार्टीलाई पनि आबद्ध बनाउँदै विस्तार गर्दै लैजाने कुरा भएको छ। ’

पार्टीको अभियान सम्पन्न भएपछि मात्रै महाधिवेशनको मिति तय हुने गरिने नेता पोखरेलको भनाइ छ। भदौ १५ बाट पोखरामा रोकिएको पार्टी अभियानलाई फेरि सुरु गरेर पाँचथर-लमजुङसम्म सञ्चालन गरिने कुरा आएको उपमहासचिव पोखरेलले बताए।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डमात्रै बोलेका लिए। उनले नेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीका एजेन्डाहरू, पार्टीको आन्तरिक एकता, पार्टीका नेताहरूको कार्य विभाजन, समाजवादी मोर्चा, मधेसको सुख्खाग्रस्त क्षेत्रको समस्या, रोकिएको पार्टी अभियान, केन्द्रीय समितिको बैठक लगायत विषयमा कुरा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्। आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्। अहिले सबै माओवादीधाराहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने ...
: सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् । आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताए । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उनको भनाइ छ। उनीहरूको ...
: रामेछापको भटौली खोलामा गएराती आएको बाढीले पक्की पुलको किनारमा क्षति पुर्‍याएको छ। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेर क्षति पुगेको हो। मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकको पक्की पुलमा क्षति पुगेर सवारी साधन अवरोध भएपछि अहिले आकस्मिक संरक्षण एवम् मर्मत ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने ...
: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकामा यातायात व्यवस्थापनमा निर्णायक कदम नचालेको खण्डमा अवस्था थप बिग्रने बताएका छन्। आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका हुन्। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला ...