: कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको आरोपमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्की पक्राउ परेका हुन्।
निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको थियो। प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।