मुख्य समाचार
सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा
सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा

: सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् ।



आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताए । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उनको भनाइ छ। उनीहरूको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।


ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त स्थानमा अहिले सुरक्षाकर्मी परिचालन गरेर अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्। आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३ औं बोत्ले स्मृति दिवसमा प्रचण्डले शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरि कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका हुन्। अहिले सबै माओवादीधाराहरू र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने ...
: रामेछापको भटौली खोलामा गएराती आएको बाढीले पक्की पुलको किनारमा क्षति पुर्‍याएको छ। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेर क्षति पुगेको हो। मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकको पक्की पुलमा क्षति पुगेर सवारी साधन अवरोध भएपछि अहिले आकस्मिक संरक्षण एवम् मर्मत ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्। नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने ...
: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकामा यातायात व्यवस्थापनमा निर्णायक कदम नचालेको खण्डमा अवस्था थप बिग्रने बताएका छन्। आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका हुन्। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला ...
: संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसल काउन्सिल) को अध्यक्षमा चुनिएका छन् । यसअघि उपाध्यक्ष रहेका थापा वर्ष २०२५/२०२६ का लागि अध्यक्ष चुनिएका हुन् । राष्ट्रसंघका मुख्य ६ वटा अंगमध्ये एक इकोनोमिक एन्ड सोसल काउन्सिलको अध्यक्ष चुनिएका थापा यो पदमा पुग्ने पहिलो नेपाली कूटनीतिज्ञ हुन् । ...