: उत्तर–पश्चिमी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा पाँच बालबालिकाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बीबीसी उर्दूका अनुसार घटना लक्की मारवात जिल्लामा भएको हो। मारिनेमा चार बालिका पनि छन्। घाइतेमध्ये दुई महिला छन्। एक जना घाइतेलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रहरीका अनुसार बालबालिकाहरूले खेल्ने क्रममा पुरानो मोर्टार शेल फेला पारेर घर लगेका थिए। घरभित्र खेलिरहेको बेला विस्फोट भएको हो।
घाइते हुनेमा महिला पनि रहेको र सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
यो क्षेत्र पहिले पनि इस्लामिक अतिवादी र सुरक्षा बलबीचको द्वन्द्वको केन्द्र रहेको छ।