मुख्य समाचार
साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान गर्ने
साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान गर्ने

: नेपाल एयरलाइन्सले भोलिदेखि साउदीबाट हप्तामा ३ उडान गर्ने भएको छ। साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान भर्ने भएको हो। उडान आइतबार, मंगलबार र बिहीबार हुनेछ।



नेपाल एयरलाइन्सका साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार हप्तामा तीन पटक उडान हुने बताइन्। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै सो उडान गर्न लागेको उनको भनाइ छ।


यात्रुहरूका लागि टिकटमा ४० केजी चेक-इन लगेज र ७ केजी ह्यान्ड क्यारीको सुविधा, उडानको समय खाना, टिकट मिति परिवर्तन, टिकट रिफन्ड, सिट चयन र अतिरिक्त ब्याग खरिद जस्ता सुविधाहरू उपलब्ध रहेको बताइन। हाललाई एयरलाइन्सको एकातर्फ भाडा दमाम-काठमाडौं १६ हजार ७ सय रुपैयाँ र काठमाडौं-दमाम ३२ हजार ८ सय रुपैयाँसम्म रहेको बताइन्।


साउदीको रियाद सहरबाट पनि पुन उडान सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफलको अन्तिम चरणमा पुगेको बताइन्। नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा लगभग ४ लाख नेपाली रहेकाले हप्तामा ३ उडान हुनु निकै राम्रो भएको बताए।

नेपाली समुदायलाई उडानमा सहजीकरण भएको र अन्य थप सहरबाट पनि उडानका लागि आफू लगायत दूतावासले सम्बन्धित निकायसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

यसअघि विभिन्न कारणले साउदीको रियाद काठमाडौं उडान बन्द भएको थियो। साथै नेपाल कार्गो लैजानको लागि कार्गो एग्रिमेन्ट नभएको कारण साउदी अरबमा मृत्यु भएका नेपालीहरूको शवहरू एयरलाइन्सबाट लान समस्या देखिएकोले सम्बन्धित निकायसँग छलफल भइरहेको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...