मुख्य समाचार
रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ
रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ

: रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्।



कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ।


यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ।


दुवै घटना बुधबार आएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताइएको छ। बुधबारको भूकम्प रिक्टर स्केलमा ८.८ मापन गरिएको थियो।

यस भूकम्पका कारण फ्रान्सेली पोलिनेसिया र चिली जस्ता टाढाका क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘डिपसिक’ ले आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागसिप मोडल ‘भी ४-प्रो ‘ को एपीआई शुल्कमा गरेको ७५ प्रतिशतको भारी कटौतीलाई स्थायी बनाउने निर्णय गरेको छ। शनिबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै कम्पनीले यसअघि एउटा निश्चित प्रवर्द्धनात्मक योजना (प्रमोसन) अन्तर्गत ल्याएको यो छुटलाई अब स्थायी रूपमा निरन्तरता दिने घोषणा गरेको हो । यस ...
पाकिस्तानको क्वेटास्थित चमन गेट नजिकै रेलवे ट्र्याकमा विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । आइतबार भएको विस्फोटका कारण रेलका तीनवटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको ...
। पश्चिम एसियामा जारी तनावका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति स्थापना गर्ने प्रयासका लागि बधाई दिएका छन्। उनले पाकिस्तानले छिट्टै यस विषयमा अर्को बैठकको आयोजना गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि गरेको प्रयासप्रति म उहाँलाई बधाई दिन्छु। उहाँले आज ...
— सन् १९७० को विश्वकप फुटबलमा पहिलो पटक पहेँलो र रातो कार्ड प्रयोगमा आएको थियो । सन् २०१८ आइपुग्दा ‘भार’ ले विश्वकपमा डेब्यू गर्‍यो । सन् २०२२ को विश्वकपको विशेषता थियो, रेफ्रीबाट अतिरिक्त समयलाई सक्दो लामो बनाइएको थियो । त्यसो भए, अबको विश्वकपमा नयाँ के हुँदै छ ? अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको यसपल्टको ...
— अमेरिकी ग्रिन कार्डका लागि आवेदन दिने विदेशीहरुले अब आफ्नै मुलुक फर्किएर यस प्रक्रिया अघि बढाउनुपर्ने भएको छ । युएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (युएससिआईएस) ले स्थानीय समयअनुसार शुक्रबार यस्तो घोषणा गरेको हो । यो परिवर्तन कहिलेदेखि लागू हुनेछ वा प्रक्रियामा रहेका आवेदनहरूलाई यसले असर गर्छ कि गर्दैन भन्नेबारे युएससीआईएसले केही खुलाएको छैन । विदेशीहरुले अमेरिकामै ...