मुख्य समाचार
ब्राजिल कोपा अमेरिका च्याम्पियन
ब्राजिल कोपा अमेरिका च्याम्पियन

— ब्राजिलले वुमेन्स कोपा अमेरिकाको उपाधि आइतबार रक्षा गरेको छ । उसले फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल ४–४ को बराबरीमा समाप्त भएको थियो । ब्राजिलले दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो नवौंपल्ट हो ।


फाइनल पूर्णतः उतारचढावपूर्ण रह्यो । इक्वेडरको स्टाडियो रोड्रिग्व पाज डेलगाडोमा भएको फाइनलमा कोलम्बियाले तीनपल्ट अग्रता लिएको थियो र प्रत्येक अवसरमा ब्राजिल खेलमा फर्कन सफल रह्यो । ब्राजिलका लागि मार्टाले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरिन् । उनले १ सय ५ औं मिनेटमा पनि अर्को गोल थपिन् र पहिलोपल्ट ब्राजिललाई अगाडि राखिन् । तर लेसी सान्टोसले बहादुर कोलम्बियाका लागि बराबरी गोल गरिन् ।

जितपछि ब्राजिली खेलाडी अमान्डा गुटिरेसले भनिन्, ‘मलाई लाग्छ, महिला फुटबल अगाडि अझ बढी विस्तार भइरहेको छ । यसले अन्तर्राष्ट्रिय महिला फुटबललाई अझ बढी प्रतिस्पर्धात्मक बनाएको छ । महिला फुटबललाई अझ बढी लोकप्रिय बनाउन आजको फाइनलजस्तै खेल आवश्यक हुन्छ । यसका लागि सबै खेलाडी हकदार छन् । हामीले यहाँनिर कोलम्बियाली टिमलाई पनि धन्यवाद दिनुपर्छ ।’

दुवै टिमले सुरुदेखि आक्रामक खेलेको थियो । पहिलो गोलका लागि भने २५ मिनेट कुर्नुपरेको थियो र कोलम्बियाका लागि लिनडा काइसेडोले गोलको खाता खोलिन् । पहिलो हाफको अन्त्यतिर एन्जेलिनाले पेनाल्टीबाट गोल गरिन् र खेल बराबरीमा ल्याइन् । खेलले ६९ औं मिनेट छुँदा कोलम्बिया फेरि अग्रता लिन सफल रह्यो, यद्यपि यो ब्राजिली खेलाडी तारसिनाको नाममा आत्मघाती गोल रह्यो ।

त्यसको दस मिनेटपछि गुटिरेसले ब्राजिलका लागि फेरि बराबरी गोल गरिन् । यो उनको प्रतियोगितामा छैटौं व्यक्तिगत गोल रह्यो । यस्तोमा कोलम्बिया आफ्नो महिला फुटबलको इतिहासमै पहिलो महादेशीय उपाधि नजिक देखिएको थियो । तर खेलको अन्त्यतिर आएकी सब्टिच्युट खेलाडी मार्टाले बराबरी गोल फर्काइन् । यससँगै खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

मार्टाले फेरि गोल गरिन् तर यसपल्ट बराबरी गोल फर्काउने काम कोलम्बियाको रह्यो र यो सान्टोसको नाममा रह्यो । टाइब्रेकरमा पनि कोलम्बियाले नै सुरुआती अग्रता लिएको थियो तर फेरि एकपल्ट त्यसलाई कायम राख्न सकेन । सडन डेथमा कोलम्बियाका लागि काराबाली गोल गर्न चुकिन् र यससँगै ब्राजिल कीर्तिमान नवौंपल्ट उपाधि आफ्ना नाममा लेखाउन सक्षम भयो ।

ब्राजिलले पेरिस ओलम्पिक २०२४ मा रजत पदक जितेपछि ३९ वर्षे मार्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । तर ब्राजिलका व्यवस्थापक आर्थुस इलिएसले मेमा कोपा अगाडि भएको मैत्रीपूर्ण खेलका लागि डाकेर मार्टालाई राष्ट्रिय टोलीमा फिर्ता बोलाएका थिए ।

पेनाल्टी सुटआउटमा दुवैले पहिलो ६ मध्येको ४ पेनाल्टीमा गोल गरेका थिए । मार्टाले पेनाल्टी सुटआउटमा ब्राजिललाई जिताउने अवसर पाएकी थिइन् । तर उनको पेनाल्टी प्रहारलाई विपक्षी टोलीका गोलरक्षक क्याथरिन टापिआले जोगाएकी थिइन् । मार्टा नै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम