मुख्य समाचार
पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा
पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा

— पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको बताएका छन् ।


पाकिस्तानी प्रधानमन्त्रीले हालै इरानमा भएको इजरायली आक्रमणको निन्दा गरेको र देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान भ्रमणमा छन् । यस क्रममा उनले पाकिस्तानसँग कैयौं सम्झौतामा हस्ताक्षरसमेत गरेका छन् ।

शहबाज शरीफले भनेका छन्, ‘आतंकवादविरुद्ध पाकिस्तान र इरानको सोच एकजस्तै छ । एसिया क्षेत्रमा शान्ति र विकासको बाटो खुला राख्नुपर्छ ।’

यता इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने, ‘इजरायल यस क्षेत्रमा अस्थित बनाउने एजेन्डामा काम गरिरहेको छ । मुस्लिम देशहरुलाई शान्तिका लागि एकजुट हुन जरुरी छ ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank
उनले इजरायली आक्रमणविरुद्ध पाकिस्तानी समर्थनमा आभार व्यक्त गर्दै पाकिस्तानसँग राम्रो सम्बन्ध इरानको विदेश नीतिको एक महत्त्वपूर्ण हिस्सा रहेको बताए ।

पाकिस्तानको सरकारी एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौतामा र एमओयूमा हस्ताक्षर गरेका छन् । जसमा व्यापार, कृषि, विज्ञान, टेक्नोलोजी, इनोभेसन, सूचना एवं सञ्चार र समुद्री सुरक्षासमेत अन्य सहयोगहरुसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...