मुख्य समाचार
विल गेट्सले भने- श्रमिक वर्गका लागि एआई खतरा, यी काममा पार्ने छ प्रभाव
विल गेट्सले भने- श्रमिक वर्गका लागि एआई खतरा, यी काममा पार्ने छ प्रभाव

: पछिल्लो समयमा एआई धेरै उन्नत भएको छ। माइक्रोसफ्टका सह–संस्थापक र अर्बपति विल गेट्सले पनि यसबारे कुरा गरेका छन्।



बिल गेट्सले आफू पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रगति देखेर छक्क परेको बताए। तर यो प्रविधिले अहिलेसम्म सबैभन्दा कठिन कोडिङ गर्ने काममा मानिससँग बराबरी गर्न नसकेको उनले बताए।

कठिन काममा एआई पछाडि


विल गेट्सले मानिस कोडिङबारे कुरा गर्ने गरेको भन्दै एआईले पनि सामान्य कोडिङ कार्य गर्न सक्ने बताए। तर उनले अझै पनि सबैभन्दा कठिन कार्यमा एआई धेरै पछाडि रहेको बताए। यसबारे विज्ञको फरक–फरक राय छ। केही कोही विज्ञ यो एक वा दुई वर्षमा पूर्ण रूपमा परिवर्तन हुने बताउँछन्। केही अझै एक दशक भन्दा बढी समय लाग्न सक्ने विश्वास गर्छन्।
तर एआईको यस्तो द्रुत प्रगतिले विल गेट्सलाई साँच्चै आश्चर्यचकित पारेको छ। उनले आफू एआईलाई हरेक दिन केही कठिन प्रश्न सोध्छ गरेको र एआईले सही उत्तर मात्र नभई सारांशमा पनि प्रस्तुत गर्ने गरेको बताए।

एआईले यी काममा पार्ने छ प्रभाव
गेट्सले एआईले जागिरमा पार्ने प्रभावबारे पनि कुरा गरे। उनले एआईले टेलिसेल्स वा टेलि–सपोर्ट जस्ता काममा मानिसलाई प्रतिस्थापन गर्न सक्छ। सस्तो मात्र नभएर यसले अझ कुशलतापूर्वक काम गर्दछ। उनले प्यारालिगल वा एन्ट्री–लेभल एकाउन्टेन्ट जस्ता ढाँचा पहिचान आवश्यक पर्ने जागिरमा पनि एआईले असर पार्न सक्ने बताए।

एआईले श्रमिक वर्गका लागि खतरा
विल गेट्सले ब्लू–कलर जागिरबारे पनि ठुलो कुरा भनेका छन्। रोबोटिक हतियारहरू अहिले त्यति राम्रो नभएको भन्दै गेट्सले सुधार हुँदै जाँदा यस क्षेत्रमा पनि ठुला परिवर्तन देख्न सकिने बताए। थाहा नभएकाहरूका लागि ब्लू–कलर जागिर ती जागिर हुन् जसमा शारीरिक श्रम समावेश हुन्छ। जस्तै उत्पादन, निर्माण, खानी र कृषि आदि।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम