मुख्य समाचार
अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

: अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।



आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने यस प्रतियोगिताका लागि कुशल मल्लले टिममा पुनरागमन गरेका छन्। यसअघि स्कटल्यान्ड टुरमा टिममा नअटेका मल्लले पुनरागमन गरेका हुन्।


यसै टोलीमा आदिल आलम र अनिल कुमार शाह भने टिममा अटाउन सकेनन्। लामो समयपछि राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका आलमले अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्।


सिरिजमा नेपालसहित ११ टोलीले सहभागिता जनाउनेछन्। नेपालले लिग चरणमा छ खेल खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।

नेपालसहित प्रतियोगितामा पाकिस्तान साहिन्सी (पाकिस्तान ए) , बंगलादेश ए र अमेरिकाबाट सिकागो किङ्ग्समेन सँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकाडेमी टोलीले सहभागिता जनाउनेछन्।

अस्ट्रेलियाबाट हर्बर्ड फुर्केन्स पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनिगट्स, एसीटी कोमट्स र स्थानीय टिम एन्टि स्ट्राइकले सिरिजमा भाग लिनेछन्।

खेलको शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यस प्रतियोगितालाई आगामी अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ।

नेपालले आगामी सेप्टेम्बरमा ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ।

टप एण्ड टी२० सिरिजका लागि नेपाली टिम:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजबंशी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम