मुख्य समाचार
तलब नपाएको भन्दै बीपी प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारी आन्दोलित
तलब नपाएको भन्दै बीपी प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारी आन्दोलित

— लामो समयदेखि तलब नपाएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीले फार्मेसी सेवा ठप्प पारेका छन् । उनीहरूको आन्दोलनका कारण दुई दिनयता प्रतिष्ठानको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।


७ महिनादेखि तलब र सेवासुविधा नपाएको भन्दै फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना सहयोगी सहित २२ जना कर्मचारी धर्नामा छन् । जसले गर्दा अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बिमा अन्तर्गतको औषधी नपाउँदा बिरामीहरू मारमा परेका हुन् ।

चौबिसै घण्टा सेवा उपलब्ध हुनुपर्ने फार्मेसीबाट सेवा नपाउँदा बिरामीका आफन्तजनहरू बाहिरको पसलबाट महँगो शुल्क तिरेर औषधी किन्न बाध्य भएको आफन्तको उपचारका लागि प्रतिष्ठान पुगेका इटहरीका सौरभ श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानको फार्मेसीमा औषधि व्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारीहरू केटीएम सेक्युरिटीमार्फत भर्ना भएका हुन् । उनीहरूलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भए पनि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एक कर्मचारीले बताइन् ।

यसैबीच प्रतिष्ठानले फार्मेसी सेवा अवरुद्ध हुनु गैरकानुनी भएको दाबी गर्दै आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानुनी कार्य गरेको जनाएको छ । प्रतिष्ठानजस्तो संवेदनशील क्षेत्रको सेवा एकाएक बन्द गर्नु प्रचलित कानुनको उल्लङ्घन भएको सह प्रवक्ता डा. अभिजित कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

२०७० सालमा तीन वर्षका लागि सम्झौता गरिएको सो कम्पनीसँग हालसम्म सेवा निरन्तरता दिइँदै आएको तर, कुनै पूर्व जानकारी नदिई फार्मेसी सेवा बन्द गरिएको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ । फार्मेसीमा कार्यरत जनशक्तिको लापरबाहीका कारण संस्थाको छवि धूमिल भएको भन्दै प्रतिष्ठानले चिन्ता व्यक्त गरेको छ । सम्झौताका सर्तअनुसार आपूर्ति गरिएका कर्मचारीले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेमा कम्पनीले तत्काल नयाँ व्यवस्था गर्नुपर्ने भए पनि केटीएमले त्यसो नगरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पटक–पटक म्याद थप्दै निर्माण गरिएको सर्वाधिक चासोको रूपमा हेरिएको बुटवल नारायणगढ सडकको फेरि अन्तिम पटकका लागि भन्दै चौथो पटक म्याद थपिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणले चाहेअनुसार गति लिन सकेको छैन । सडकको अहिले दाउन्ने खण्डमा बेहाल छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन ...
: सडकको ट्र्याक खुलेको झन्डै ३० वर्ष भयो । यही सडकलाई राजनीतिक दलले नारा बनाए । स्तरोन्नति र कालोपत्रे गरिदिने बाचा गरे । तर, अहिले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने बड्डीचौर–खम्बागाडे सडकखण्डको हालत उस्तै छ । अर्थात् यो सडकमा नागरिकलाई सुविधाभन्दा सास्ती बढी छ । हालसम्म पनि यो सडक कालोपत्रे हुन सकेको छैन । ट्र्याक खुलेको वर्षौंसम्म स्तरोन्नति हुन सकेन । पछिल्लो समय ...
— उखुको अनुदान कटौती गरेको विरोधमा किसानहरुले चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् । उखु खेतीमा लगानी बढ्दै गएको समयमा सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा मंगलबार महोत्तरीको गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि किसानले टायर बालेर प्रदर्शन गरेका हुन् । उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले उखु कृषकहरुले सरकारको निर्णयको सांकेतिक रुपमा ...
: मोरङको अलगअलग स्थानका धानखेतमा दुईजनाको शव भेटिएको छ । घटनास्थल उर्लाबारी र बेलबारीमा पर्छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धानखेतमा मृत फेला परेका छन् । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा ...
— 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । मंगलबार समिति सभापति एवं कांग्रेस सांसद जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएलगत्तै सार्वजनिक गरिएको हो । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुराले आफ्नो जिम्मेवारी ...