मुख्य समाचार
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताए
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताए

— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् ।


प्रतिनिधिसभा बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले नेपालको संगठित र सघन प्रयासका परिणामस्वरूप निर्धारित समयअघि नै नेपाल ग्रे लिस्टबाट बाहिर निस्कने दाबी गरे ।

उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन तथा कार्य योजना दराजमा थन्काएर नभई कार्यान्वयन र सार्थक नतिजा प्राप्तिका लागि तयार पारिएको बताए ।

ग्रे लिस्टबाट बाहिर निकाल्नका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० ले विभिन्न १९ वटा ऐनलाई संशोधन गरेको उनले जानकारी दिए ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ जारी गरी कार्यान्वयनमा आएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी रणनीति तथा कार्य योजना (२०८१/८२ देखि २०८५/८६) कार्यान्वयनमा रहेको जानकारी उनले गराए ।

शिघ्रातिशीघ्र मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउन र आगामी दिनमा समेत यस्तो सूचीमा नपर्ने गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि निर्देशक समितिले ‘ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । सोसँगै, एसिया प्यासिफिक ग्रुपबाट प्राप्त रि-रेटिङको रिपोर्टिङ ढाँचामा प्रतिवेदन गरी फाइनान्सियल इन्टेलिजेन्स युनिटमार्फत प्रतिवेदनको व्यवस्था गरिएको उनले जोड दिए ।

उनका अनुसार, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने (सूचक संस्था) लाई जारी गरिएको निर्देशन, २०८२ कार्यान्वयनमा रहेको छ ।

त्यसैगरी, क्यासिनो व्यवसायी र घरजग्गा कारोबारसम्बन्धी सूचक संस्थालाई जारी गरिएको निर्देशन, २०८२ पनि कार्यान्वयनमा रहेको उनले बताए ।

अन्त्यमा, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनले गठन गरेको निर्देशक समिति र समन्वय समितिका अतिरिक्त, रणनीति तथा कार्य योजना (२०८१–२०८५/८६) अवधिभरका लागि ४ वटा कार्यान्वयन समन्वय संयन्त्र गठन गरी समन्वय, सहजीकरण, अनुगमन र निर्देशनसम्बन्धी कार्य भइरहेको पनि अर्थमन्त्री पौडेलले सदनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पटक–पटक म्याद थप्दै निर्माण गरिएको सर्वाधिक चासोको रूपमा हेरिएको बुटवल नारायणगढ सडकको फेरि अन्तिम पटकका लागि भन्दै चौथो पटक म्याद थपिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणले चाहेअनुसार गति लिन सकेको छैन । सडकको अहिले दाउन्ने खण्डमा बेहाल छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन ...
: सडकको ट्र्याक खुलेको झन्डै ३० वर्ष भयो । यही सडकलाई राजनीतिक दलले नारा बनाए । स्तरोन्नति र कालोपत्रे गरिदिने बाचा गरे । तर, अहिले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने बड्डीचौर–खम्बागाडे सडकखण्डको हालत उस्तै छ । अर्थात् यो सडकमा नागरिकलाई सुविधाभन्दा सास्ती बढी छ । हालसम्म पनि यो सडक कालोपत्रे हुन सकेको छैन । ट्र्याक खुलेको वर्षौंसम्म स्तरोन्नति हुन सकेन । पछिल्लो समय ...
— उखुको अनुदान कटौती गरेको विरोधमा किसानहरुले चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् । उखु खेतीमा लगानी बढ्दै गएको समयमा सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा मंगलबार महोत्तरीको गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि किसानले टायर बालेर प्रदर्शन गरेका हुन् । उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले उखु कृषकहरुले सरकारको निर्णयको सांकेतिक रुपमा ...
: मोरङको अलगअलग स्थानका धानखेतमा दुईजनाको शव भेटिएको छ । घटनास्थल उर्लाबारी र बेलबारीमा पर्छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धानखेतमा मृत फेला परेका छन् । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा ...
— 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । मंगलबार समिति सभापति एवं कांग्रेस सांसद जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएलगत्तै सार्वजनिक गरिएको हो । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुराले आफ्नो जिम्मेवारी ...