मुख्य समाचार
'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक
'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक

— 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' ले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो । मंगलबार समिति सभापति एवं कांग्रेस सांसद जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएलगत्तै सार्वजनिक गरिएको हो ।


समितिले सार्वजनिक गरेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुराले आफ्नो जिम्मेवारी पूरा नगरेको जनाइएको छ । 'प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन,' छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।

'कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था हटाउन दौडाहामा लागिपरेका मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोली। सञ्चारकर्मीले तस्बिर/भिडियो खिच्न लाग्दा मुख छोप्दै संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय ।
त्यस्तै समिति सचिव दुराले पनि आफ्नो जिम्मेवारी पूरा नगरेको समितिको निष्कर्ष छ । 'राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज कुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रहेको र प्रतिवेदन लेख्ने समेत भूमिका रहेको देखिँदा परिभाषित जिम्मेवारी पूरा गरेको भन्न सकिएन,' प्रतिवेदनमा भनिएको छ ।

विधेयकको दफा ८२ मा थप गरेको उपदफा (४) र कायम भएको उपदफा (५) 'कुलिङ अफ पिरियड' सम्बन्धी स्वीकृत नीति अनुरूप विधेयकको मस्यौदा विधायिकी नीतिसम्मत हुने गरी मिलाउनुपर्नेमा त्यसो हुन नसकेको समितिको निष्कर्ष छ ।

यस्ता छन् संसदीय छानबिन समितिले देखेका त्रुटिहरू

(१) उपसमितिले विधेयकको दफा ८२ मा पछि छलफल गर्ने भनी अरू दफाहरूमा छलफल गरेको र अन्तिम मस्यौदा तयार गर्दा दफा ८२ को उपदफा (४) मा रहेको "कुलिङ अफ पिरियड" सम्बन्धी स्वीकृत नीति अनुरूप मिहिन रूपमा थपिएको उपदफा (४) र कायम भएको उपदफा (५) को बीचमा कानुनी तादात्म्यता मिलाउने गरी दफावार छलफल नगरिएको हुँदा त्रुटि भएको देखियो ।

(२) उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदनमा समितिले मिति २०८२ । ०२ । ०२ को बैठकबाट दुई वर्षको “कुलिङ अफ पिरियड राख्ने सिद्धान्तमा सहमत भई परिमार्जन सहित सर्वसम्मतिले पारित गरेकोमा परिमार्जन गरिएको प्रतिवेदन सभामा पेश गर्नु अघि समितिका माननीय सदस्यहरूले अन्तिममा हेर्ने र छलफल गर्ने भनिएकोमा त्यसो नगरिएको देखिएकाले समितिबाट उपदफा (४) र (५) बीच कानुनी तादात्म्यता नमिलाउँदा त्रुटि भएको देखियो ।

(३) समितिले पारित गरेको 'कुलिङ अफ पिरियड' सम्बन्धी थप व्यवस्था समेत समावेश भएको मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको कारणले प्रतिनिधि सभाबाट समितिको प्रतिवेदन पारित हुदाँ त्रुटि हुन गएको अवस्था देखियो ।

(४) उपसमिति र समितिबाट स्वीकृत भएको विधायिकी नीति विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको समिति, समिति सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र त्यस कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकोले कानुनी तादात्म्यता नमिलेको प्रत्यक्ष देखियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पटक–पटक म्याद थप्दै निर्माण गरिएको सर्वाधिक चासोको रूपमा हेरिएको बुटवल नारायणगढ सडकको फेरि अन्तिम पटकका लागि भन्दै चौथो पटक म्याद थपिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणले चाहेअनुसार गति लिन सकेको छैन । सडकको अहिले दाउन्ने खण्डमा बेहाल छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन ...
: सडकको ट्र्याक खुलेको झन्डै ३० वर्ष भयो । यही सडकलाई राजनीतिक दलले नारा बनाए । स्तरोन्नति र कालोपत्रे गरिदिने बाचा गरे । तर, अहिले पनि सुर्खेतको पश्चिम क्षेत्रलाई जोड्ने बड्डीचौर–खम्बागाडे सडकखण्डको हालत उस्तै छ । अर्थात् यो सडकमा नागरिकलाई सुविधाभन्दा सास्ती बढी छ । हालसम्म पनि यो सडक कालोपत्रे हुन सकेको छैन । ट्र्याक खुलेको वर्षौंसम्म स्तरोन्नति हुन सकेन । पछिल्लो समय ...
— उखुको अनुदान कटौती गरेको विरोधमा किसानहरुले चिनी उद्योग अगाडि प्रदर्शन गरेका छन् । उखु खेतीमा लगानी बढ्दै गएको समयमा सरकारले उखुको अनुदान कटौती गरेको विरोधमा मंगलबार महोत्तरीको गौशालास्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज अगाडि किसानले टायर बालेर प्रदर्शन गरेका हुन् । उखु उत्पादक कृषक महासंघ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाले उखु कृषकहरुले सरकारको निर्णयको सांकेतिक रुपमा ...
: मोरङको अलगअलग स्थानका धानखेतमा दुईजनाको शव भेटिएको छ । घटनास्थल उर्लाबारी र बेलबारीमा पर्छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धानखेतमा मृत फेला परेका छन् । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । प्रहरीका अनुसार दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा ...
सन्धिखर्क–गोरुसिंगे सडक छिनछिनमा बन्द हुने र खुल्ने