मुख्य समाचार
रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी
रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी

। रूसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघको तर्फबाट उठाइएको प्रश्नप्रति भारतले शब्दमा जवाफ दिएको छ ।

रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी छ ।


कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि भारतले स्पष्ट पारेको छ ।

रुस–युक्रेन द्वन्द्व सुरु भएपछि रूसबाट तेल आयात गरेका कुरालाई लिएर अमेरिका र युरोपेली संघले भारतलाई निशाना बनाउँदै आएका छन् । अमेरिकाले गत सोमबार मात्रै भारतबाट आयातित वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क बढाउने निर्णय गरेको थियो ।



भारतले आफ्ना उपभोक्तालाई सस्तो र स्थिर ऊर्जा आपूर्ति गर्नका लागि आयात गरिरहेको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, ‘यो अन्तर्राष्ट्रिय बजारको परिस्थितिबाट उत्पन्न बाध्यता हो । तर उल्लेखनीय कुरा के छ भने भारतमाथि आलोचना गर्ने देशहरूले आफैंले रूससँग व्यापार गरिरहेका छन् । तर भारतजस्तो उनीहरूको त्यो व्यापार कुनै अपरिहार्य आवश्यकता होइन ।’

उनका अनुसार युरोप–रूस व्यापारमा केवल ऊर्जा मात्र होइन, मल, खनिज पदार्थ, रसायन, फलाम र इस्पात, मेसिनरी तथा यातायातका सामानहरू पनि समावेश छन् ।

‘अमेरिकाको कुरा गर्दा, उसले आफ्नो आणविक उद्योगका लागि अझै पनि रूसबाट युरेनियम हेक्साफ्लोराइड आयात गर्छ । आफ्नो विद्युतीय सवारी उद्योगका लागि प्यालेडियम, मल र रसायन पनि आयात गरिरहेकै छ,’ उनले लेखेका छन्, ‘त्यसैले भारतलाई मात्र निशाना बनाउनु अनुचित र अविवेकी हो ।’

जयसवाले भनेका छन्, ‘कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम