मुख्य समाचार
युट्युबमा म्युजिक कम्पनी टी-सिरिजका सब्सक्राइबर ३० करोड नाघे
युट्युबमा म्युजिक कम्पनी टी-सिरिजका सब्सक्राइबर ३० करोड नाघे

। भारतको चर्चित सांगीतिक कम्पनी टी सिरिजलाई युट्युबमा पछ्याउनेको संख्या सोमबार ३० करोड नाघेको छ ।

आफ्ना सब्सक्राइबर संख्या ३०० मिलियन पुगेपछि टी सिरिजले दर्शकप्रति आभार व्यक्त गरेको छ ।




फेसबुकमा टी सिरिजले लेखेको छ, ‘भारतका सडकदेखि विश्वका पर्दासम्म- हामी संगीतको विश्वव्यापी भाषा बनेका छौं । सुन्नुभएकोमा, माया गर्नुभएकोमा, विश्वास गर्नुभएकोमा र यो यात्राको हिस्सा बन्नुभएकोमा धन्यवाद ।’

टी सिरिज १० करोड र २० करोड सब्सक्राइबरको आँकडा पार गर्ने विश्वकै पहिलो युट्युब च्यानल हो । तर, विश्वमा सर्वाधिक युट्युब सब्सक्राइब हुने च्यानल चाहिँ मिस्टर बिस्ट हो ।



मिस्टर बिस्टलाई अमेरिकी कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसनले चलाउँछन् । मिस्टर बिस्टको सब्सक्राइबर संख्या ४२ करोड पुग्न लागेको छ ।

टी सिरिज भारतसहित विश्वभर चर्चित छ । हिन्दी गीत स्ट्रिमिङ गर्दै आएको यो च्यानलले पछिल्लो समय केही नेपाली कलाकारको हिन्दी गीतलाई पनि रिलिज गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...