: मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कर्णले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयता शपथ गराएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, ...