मुख्य समाचार
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी

। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

पछिल्लो समय विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएसँगै केन्द्रीय बैंकको आम्दानी पनि बढेको हो ।


राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय सञ्चितिमा लगानी गरेर ९० अर्ब रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा करिब १२ अर्बले बढी हो । अघिल्लो आव २०८०/८१ मा यस्तो आम्दानी ७८ अर्ब १६ करोड रुपैयाँ थियो ।

२०८२ असार मसान्तसम्म राष्ट्र बैंकसँग १७ अर्ब ५ करोड अमेरिकी डलर बराबर विदेशी विनिमय सञ्चिति थियो । त्यसैगरी २०८१ असार मसान्तमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर थियो ।

रेमिट्यान्स, निर्यात, प्रत्यक्ष वैदेशिक लगानीलगायत स्रोतहरुमार्फत मार्फत विदेशी मुद्रा भित्रिन्छ । उक्त विदेशी मुद्रालाई केन्द्रीय बैंकले राखेर नेपाली रुपैयाँ सम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी दिन्छ । यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका हुन्छन् ।

यसरी आएको विदेशी मुद्रालाई केन्द्रीय बैंकले जम्मा गरेर राख्छ । जम्मा भएको विदेशी मुद्रालाई आयात, अन्तर्राष्ट्रिय ऋणको साँवाब्याज भुक्तानी लगायतमा प्रदान गर्छ । यसरी भुक्तानीका लागि दिइसकेपछि बचेको विदेशी मुद्रालाई केन्द्रीय बैंकले सञ्चितिसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा लगानी गर्ने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

केन्द्रीय बैंकसँग भएको विदेशी विनिमयलाई धेरै अमेरिकी र भारतीय मुद्रा बजारमा लगानी गर्ने गरेको नेपालले बताए ।

‘केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ,’ नेपालले भने, ‘यसरी गरिएको लगानीमा आउने प्रतिफल भनेको सम्बन्धित देशको केन्द्रीय बैंकले तोकेको ब्याजदर आधारमा निर्धारण हुन्छ, साथै उनीहरूको आवश्यकताका आधारमा पनि ब्याजदर घट्ने वा बढ्ने हुन्छ ।’

केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ।
डलर र भारुसँगै अन्य मुद्रा बजारमा सानो–सानो लगानी गर्ने गरेको नेपालले जानकारी दिए । वैदेशिक ऋण किस्ता भुक्तानी गर्दा चिनियाँ युआन र बेलायती पाउन्ड पनि आवश्यक पर्ने भएकाले ती मुद्रामा लगानी लगानी गर्ने गरेको उनको भनाइ छ ।

नेपालका अनुसार केन्द्रीय बैंकले यसरी विदेशी मुद्रा बजारमा गरेको लगानीबाट मात्रै ९० अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । नेपालको सन्दर्भमा धेरैजसो ठूला ऋणदाता भनेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भएकाले पनि डलर धेरै हुने उनको भनाइ छ ।

‘यस्तो सञ्चिति मुद्रा लगानी गर्दा अधिकतम दुई वर्षको लगानी हुन्छ,’ उनले भने । यस्तो फन्डलाई समान्यतः निजी संस्थाका वित्तीय औजारमा लगानी नगर्ने उनले जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकले केन्द्रीय बैंक, गभर्मेन्टको सोभरेन बन्ड, केन्द्रीय बैंकहरूले निष्कासन गर्ने बन्डहरूमा लगानी गर्दै आएको छ । त्यसका साथै बैंक फर इन्टरनेसनल सेटलमेन्टले निष्कासन गर्ने वित्तीय औजारमा पनि लगानी गरेर अन्य मुद्राहरूको व्यवस्थापन गर्ने गरेको उनी बताउँछन् ।



केन्द्रीय बैंकमा भएको विदेशी विनिमय सञ्चिति केन्द्रीय बैंक थुप्रिएर बस्ने नभई अन्तर्राष्ट्रिय बजारमा तत्काल नगदमा परिवर्तन गर्न सकिने गरी लगानी गर्ने गरेको नेपालले बताए ।

अन्तर्राष्ट्रिय मुद्रा बजार कारोबार समयका कारण त्यस्तो विदेशी विनिमय ६ दिन केन्द्रीय बैंकमा होल्ड हुन सक्ने उनको भनाइ छ ।

सामान्यतः अर्थतन्त्रको अवस्था र आकार अनुसार विदेशी विनियम सञ्चिति राख्नुपर्ने हुन्छ । विकसित राष्ट्रका सन्दर्भमा विदशी विनिमय सञ्चिति ३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त भए पुग्छ भन्ने मान्यता छ ।

त्यसैगरी विकासशील देशका सन्दर्भमा ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनुपर्छ भन्ने मान्यता छ । नेपालसँग अहिले करिब १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी विनिमय सञ्चिति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...
। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, ...
। देशभरिका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ बराबर राजस्व संकलन गरेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ । यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो । चालु आवको साउनमा सबैभन्दा ...