मुख्य समाचार
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु

। घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ ।

घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो ।




अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।



राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो ।

राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।

यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । यसअघि सन् २०१४ र २०२१ मा पनि घानामा यस्तै विमान दुर्घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम