मुख्य समाचार
गोल्डेन ग्लोब्स विजेता संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली फिल्म ‘गुन्युचोलो : द ड्रेस’को प्रशंसा
गोल्डेन ग्लोब्स विजेता संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली फिल्म ‘गुन्युचोलो : द ड्रेस’को प्रशंसा

। गोल्डेन ग्लोब्स विजेता संगीतकार तथा गायिका लिजा गेरार्डले नेपाली फिल्म ‘गुन्युचोलो : द ड्रेस’को प्रशंसा गरेकी छन् ।

ट्रेलर सेयर गर्दै गेरार्डले फिल्मको कथावस्तुको वर्णन गरेकी छन् । फिल्म हेर्न उनको आग्रह छ ।

समुन्द्र भट्ट निर्देशित फिल्मको संगीत मार्सेलो डे फ्रान्चिर्सले तयार पारेका छन्, जसमा गेरार्डको स्वर छ । गेरार्डको पोस्टमा सामाजिक संजाल प्रयोगकर्ताको उत्साहजनक प्रतिक्रिया देखिएको छ ।

उनी फेसबुकमा लेख्छिन्, ‘ यो फिल्मले देव (गुलाबी)लाई चित्रण गर्छ, जो एक सेवानिवृत्त सेना जनरलका एक मात्र छोरा हुन्, जसलाई पहिचानसहित जिउन खोज्दा सामाजिकरुपमा त्यागिन्छ । आफ्नो रूढिवादी गाउँ छोडेर काठमाडौं आउँदा, उसले ट्रान्सजेन्डर समुदायभित्र एकता पाउँछ । त्यसपछि उसले पूर्वाग्रही समाजमा पहिचान र मर्यादाको लागि संघर्ष थाल्छ ।’

गेरार्डले भनेजस्तै, यो फिल्मको कथावस्तु पनि लैंगिक अल्पसंख्यक समुदायले पहिचानको लागि गर्ने संघर्षको कथा हो । फिल्ममा नाजिर हुसेन, संचिता लुइँटेल, विशाल पहारीको शीर्ष भूमिका छ ।

लिजाले पहिलोपटक नेपाली फिल्ममा सहकार्य गरेकी हुन् । सन् १९८० को दशकदेखि ‘डेड क्यान डान्स’को सह संस्थापकको रुपमा चर्चित बनेकी गेरार्डको स्वरलाई संसारभर ‘भावनाको भाषा’को रुपमा चिनिन्छ ।

उनले सन् २००० मा रिलिज भएको हलिउडको बहुचर्चित ‘ग्लाडिएटर’बाट गोल्डेन ग्लोब्स अवार्ड जितेकी थिइन् । यो अवार्डलाई अस्करपछिको सर्वोच्च फिल्म पुरस्कार मानिन्छ ।

सन् १९९९ को ‘द इनसाइडर’, सन् २००१ को ‘अली’, ह्वेल राइडर, एसेज एन्ड स्नो गेरार्डले संगीत भरेका चर्चित फिल्म हुन् । गेरार्डको संलग्नताले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराएको छ ।

‘गुन्युचोलो : द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पपगायक सुगम पोखरेलले आफ्ना मौलिक गीतलाई एआईबाट तोडमोड गरेर डिजिटल प्लाटफर्ममा हाल्नेविरुद्ध कानुनी कार्वाहीको चेतावनी दिएका छन् । उनले संगीतकर्मी समेत रहेका प्रधानमन्त्री बालेनको ध्यानाकर्षण पनि गराएका छन् । सामाजिक सञ्जालमार्फत सुगमले आफ्ना गीतलाई त्यसरी सोसल मिडियामा पोस्ट गर्नेको एकाउन्टको स्क्रिन सट पनि सेयर गरेका छन् । उनले यस्तो कार्य गैरकानुनी रहेको बताउँदै कानुनी दायरामा ...
। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको हलिउड फिल्म ‘तेन्जिङ’को प्रदर्शन ९ अक्टोबरमा हुने भएको छ । नेपालमा छायांकन भएको यो फिल्ममा शेर्पाको भूमिकामा गेन्डेन फुन्टसोक र एडमन्ड हिलारीको भूमिकामा टम हिडल्टसनले अभिनय गरेका छन् । प्रविधि कम्पनी एप्पलले यो फिल्म निर्माण गरेको हो । एप्पल प्लसमा चाहिँ १६ अक्टोबरमा आउनेछ । यो फिल्मलाई सगमाथा क्षेत्र, ...
। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो । महानगरपालिकाका अनुसार ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औंल्याए । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख पनि गरे । चलचित्र ...
। काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ । बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ । त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले ...