मुख्य समाचार
जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा
जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा

। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् ।

उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला भएर आततायी आक्रमणको स्मरण गर्दै आणविक निशस्त्रीकरणको आह्वान गरेका छन् ।

८ दशकअघि भएको घटनाको स्मृतिमा बुधबार हिरोशिमाको ‘पीस मेमोरियल पार्क’ मा हालसम्मकै रेकर्ड तोडिने संख्यामा अन्तर्राष्ट्रिय प्रतिनिधि र मानिसहरूको उपस्थिति देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अलजजिराका अनुसार ६ अगस्टका दिन हिरोशिमाको शान्ति पार्कमा बिहान ८ बजे बालबालिका र सहभागीहरूले बमबाट बाँचेकाहरूको सम्झनामा फूल र पानी अर्पण गर्ने गर्छन् ।

त्यसपछि ठीक ८ : १५ बजे एक मिनेट मौन धारण गरिन्छ । त्यसपछि हिरोशिमाका मेयरले शान्ति घोषणा पढ्छन्, जसमा विश्वभर आणविक अस्त्रको समाप्तिको माग गरिन्छ । बुधबार पनि जापानका विभिन्न क्षेत्रबाट भेला भएका बालबालिकाहरूले ‘शान्तिको प्रतिज्ञा’ कार्यक्रममा सहभागी भई आशा र सम्झनाका सन्देश पढ्ने गर्छन् ।

यस वर्षको कार्यक्रममा संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिमार्फत विश्व शान्तिको आह्वान गर्दै सन्देश पठाएका थिए ।

हिरोशिमाका मेयर काजुमी मात्सुईले विश्वव्यापीरुपमा सैन्यवादी सोच बढेको भन्दै त्यो घातक हुने चेतावनी दिए । उनले आणविक अस्त्रलाई राष्ट्रिय सुरक्षाको लागि अनिवार्य ठान्ने नेताहरूको सोचको आलोचना गरे ।

उनले भने, ‘विश्वका धेरै राजनीतिक नेताहरूमा अब आणविक अस्त्र राख्नैपर्ने धारणा बढ्दै गएको छ ।’ अमेरिकासहित रसियासँग विश्वका ९० प्रतिशत आणविक हतियार रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।



शान्ति पार्कमा पुगेका ७१ वर्षीय योशिकाजु होरिएले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘मलाई लाग्छ इतिहास आफै दोहोरिँदैछ । युरोपमा भयानक घटनाहरू भइरहेका छन्, जापानमै पनि, एशियामा पनि उस्तै हुँदैछ — यो निकै डरलाग्दो छ । मेरा नातिनीहरू छन्, र म चाहन्छु कि उनीहरूले खुशीसाथ जीवन बिताउन सकून् ।’

शहर नै ध्वस्त भएको त्यो दिन

दोस्रो विश्व युद्ध चलिरहेका बेला सन् १९४५ अगस्ट ६ मा अमेरिकाले हिरोशिमामा यूरेनियम प्रयोग गरिएको आणविक बम खसालेको थियो ।

‘लिटल बोय’ कोड नाम दिइएको विध्वसंक आणविक बम बिस्फोटमा कम्तीमा ७८ हजार मानिसको तत्कालै मृत्यु भएको थियो । विस्फोटको वर्षदिन पुग्दासम्म जलन र आणविक विकिरणका कारण थप मानिहरूले ज्यान गुमाएका थिए ।

अमेरिकाले विकास गरेको आणविक बम विश्व इतिहासमै पहिलो पटक जापानको हिरोशिमामा खसाल्दा शहरै ध्वस्त भएको थियो ।

हिरोशिमामा बिस्फोट भएको तीन दिनपछि अमेरिकाले जापानको अर्को शहर नागाशाकीमा पनि प्लुटोनियम बम खसालेको थियो । त्यसको एकसाता पछि जापानले अमेरिका समक्ष आत्मसमर्पण गर्दै दोस्रो विश्व युद्ध अन्त्य भएको घोषणा गरेको थियो ।

हिरोशिमा वरिपरिका पहाडहरूले बमको प्रभाव अझ बढी बनाउने देखेर अमेरिकाले उक्त शहरलाई निशाना बनाएको अमेरिकी अधिकारीहरू नै बताउँछन् ।

आणविक बम बिस्फोटबाट बाँचेकाहरूलाई जापानीहरूले ‘हिबाकुशा’ भन्ने गर्छन् । हिबाकुशाहरूले सामाजिक भेदभावको सामना गर्नुपरेको बताइन्छ । उनीहरूबाट रोग सर्ने वा आनुवंशिक असर पर्ने जस्ता भ्रम जापानीहरूमा व्याप्त थियो ।

अलजजिराका अनुसार हिरोशिमा र नागाशाकी बिस्फोटपछि बाँचेकाहरूहरुको संख्या अहिले एक लाखभन्दा तल झरेको छ ।

जापानले आणविक निशस्त्रीकरणप्रति आफ्नो औपचारिक प्रतिबद्धता जनाउँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको आणविक हतियार निषेध सन्धिमा भने अझै सामेल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...