मुख्य समाचार
जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा
जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा

। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् ।

उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला भएर आततायी आक्रमणको स्मरण गर्दै आणविक निशस्त्रीकरणको आह्वान गरेका छन् ।

८ दशकअघि भएको घटनाको स्मृतिमा बुधबार हिरोशिमाको ‘पीस मेमोरियल पार्क’ मा हालसम्मकै रेकर्ड तोडिने संख्यामा अन्तर्राष्ट्रिय प्रतिनिधि र मानिसहरूको उपस्थिति देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अलजजिराका अनुसार ६ अगस्टका दिन हिरोशिमाको शान्ति पार्कमा बिहान ८ बजे बालबालिका र सहभागीहरूले बमबाट बाँचेकाहरूको सम्झनामा फूल र पानी अर्पण गर्ने गर्छन् ।

त्यसपछि ठीक ८ : १५ बजे एक मिनेट मौन धारण गरिन्छ । त्यसपछि हिरोशिमाका मेयरले शान्ति घोषणा पढ्छन्, जसमा विश्वभर आणविक अस्त्रको समाप्तिको माग गरिन्छ । बुधबार पनि जापानका विभिन्न क्षेत्रबाट भेला भएका बालबालिकाहरूले ‘शान्तिको प्रतिज्ञा’ कार्यक्रममा सहभागी भई आशा र सम्झनाका सन्देश पढ्ने गर्छन् ।

यस वर्षको कार्यक्रममा संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिमार्फत विश्व शान्तिको आह्वान गर्दै सन्देश पठाएका थिए ।

हिरोशिमाका मेयर काजुमी मात्सुईले विश्वव्यापीरुपमा सैन्यवादी सोच बढेको भन्दै त्यो घातक हुने चेतावनी दिए । उनले आणविक अस्त्रलाई राष्ट्रिय सुरक्षाको लागि अनिवार्य ठान्ने नेताहरूको सोचको आलोचना गरे ।

उनले भने, ‘विश्वका धेरै राजनीतिक नेताहरूमा अब आणविक अस्त्र राख्नैपर्ने धारणा बढ्दै गएको छ ।’ अमेरिकासहित रसियासँग विश्वका ९० प्रतिशत आणविक हतियार रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।



शान्ति पार्कमा पुगेका ७१ वर्षीय योशिकाजु होरिएले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘मलाई लाग्छ इतिहास आफै दोहोरिँदैछ । युरोपमा भयानक घटनाहरू भइरहेका छन्, जापानमै पनि, एशियामा पनि उस्तै हुँदैछ — यो निकै डरलाग्दो छ । मेरा नातिनीहरू छन्, र म चाहन्छु कि उनीहरूले खुशीसाथ जीवन बिताउन सकून् ।’

शहर नै ध्वस्त भएको त्यो दिन

दोस्रो विश्व युद्ध चलिरहेका बेला सन् १९४५ अगस्ट ६ मा अमेरिकाले हिरोशिमामा यूरेनियम प्रयोग गरिएको आणविक बम खसालेको थियो ।

‘लिटल बोय’ कोड नाम दिइएको विध्वसंक आणविक बम बिस्फोटमा कम्तीमा ७८ हजार मानिसको तत्कालै मृत्यु भएको थियो । विस्फोटको वर्षदिन पुग्दासम्म जलन र आणविक विकिरणका कारण थप मानिहरूले ज्यान गुमाएका थिए ।

अमेरिकाले विकास गरेको आणविक बम विश्व इतिहासमै पहिलो पटक जापानको हिरोशिमामा खसाल्दा शहरै ध्वस्त भएको थियो ।

हिरोशिमामा बिस्फोट भएको तीन दिनपछि अमेरिकाले जापानको अर्को शहर नागाशाकीमा पनि प्लुटोनियम बम खसालेको थियो । त्यसको एकसाता पछि जापानले अमेरिका समक्ष आत्मसमर्पण गर्दै दोस्रो विश्व युद्ध अन्त्य भएको घोषणा गरेको थियो ।

हिरोशिमा वरिपरिका पहाडहरूले बमको प्रभाव अझ बढी बनाउने देखेर अमेरिकाले उक्त शहरलाई निशाना बनाएको अमेरिकी अधिकारीहरू नै बताउँछन् ।

आणविक बम बिस्फोटबाट बाँचेकाहरूलाई जापानीहरूले ‘हिबाकुशा’ भन्ने गर्छन् । हिबाकुशाहरूले सामाजिक भेदभावको सामना गर्नुपरेको बताइन्छ । उनीहरूबाट रोग सर्ने वा आनुवंशिक असर पर्ने जस्ता भ्रम जापानीहरूमा व्याप्त थियो ।

अलजजिराका अनुसार हिरोशिमा र नागाशाकी बिस्फोटपछि बाँचेकाहरूहरुको संख्या अहिले एक लाखभन्दा तल झरेको छ ।

जापानले आणविक निशस्त्रीकरणप्रति आफ्नो औपचारिक प्रतिबद्धता जनाउँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको आणविक हतियार निषेध सन्धिमा भने अझै सामेल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम