मुख्य समाचार
बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ
बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ

: बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ। क्लबले उनको क्लब कप्तानी खोसिएको घोषणा गरेको हो।



३३ वर्षीय टर स्टेगनले अन्तिमपटक जर्मनीका लागि जुन महिनामा खेलेका थिए। उनले जुलाईको अन्त्यमा ढाडको शल्यक्रिया गराएका थिए।


प्राप्त समाचारअनुसार टर स्टेगन र क्लबबीचको विवाद मेडिकल जानकारी ला लिगासँग नभनेपछि चर्किएको हो।


टर स्टेगनले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू तीन महिनाका लागि खेल बाहिर रहने जानकारी दिएका थिए। तर ला लिगाको नियम अनुसार कुनै खेलाडीलाई लामो समय अनुपस्थित मान्नका लागि कम्तीमा चार महिना मैदानबाहिर रहनुपर्ने हुन्छ।

ला लिगा च्याम्पियन बार्सिलोनाले यो सिजनमा नयाँ खेलाडी अनुबन्ध गरेको छ।

बार्सिलोनाले भनेको छ, ‘अनुशासनात्मक प्रक्रिया पूरा नभएसम्म टर स्टेगनको कप्तानी हटाइएको छ र हाल उप–कप्तान रहेका रोनाल्ड अराउजोलाई कप्तानीको जिम्मेवारी दिइनेछ।’

२०१४ मा बोरुसिया मोन्शेनग्लाडबाखबाट बार्सिलोनामा आबद्ध भएका टर स्टेगनले क्लबका लागि ४०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले बार्सिलोनासँग एक पटक च्याम्पियन्स लिग र ६ पटक ला लिगा उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...