मुख्य समाचार
बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ
बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ

: बार्सिलोना फुटबल क्लबले जर्मन गोलकिपर मार्क–आन्द्रे टर स्टेगनमाथि अनुशासनात्मक कारबाही गरेको छ। क्लबले उनको क्लब कप्तानी खोसिएको घोषणा गरेको हो।



३३ वर्षीय टर स्टेगनले अन्तिमपटक जर्मनीका लागि जुन महिनामा खेलेका थिए। उनले जुलाईको अन्त्यमा ढाडको शल्यक्रिया गराएका थिए।


प्राप्त समाचारअनुसार टर स्टेगन र क्लबबीचको विवाद मेडिकल जानकारी ला लिगासँग नभनेपछि चर्किएको हो।


टर स्टेगनले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू तीन महिनाका लागि खेल बाहिर रहने जानकारी दिएका थिए। तर ला लिगाको नियम अनुसार कुनै खेलाडीलाई लामो समय अनुपस्थित मान्नका लागि कम्तीमा चार महिना मैदानबाहिर रहनुपर्ने हुन्छ।

ला लिगा च्याम्पियन बार्सिलोनाले यो सिजनमा नयाँ खेलाडी अनुबन्ध गरेको छ।

बार्सिलोनाले भनेको छ, ‘अनुशासनात्मक प्रक्रिया पूरा नभएसम्म टर स्टेगनको कप्तानी हटाइएको छ र हाल उप–कप्तान रहेका रोनाल्ड अराउजोलाई कप्तानीको जिम्मेवारी दिइनेछ।’

२०१४ मा बोरुसिया मोन्शेनग्लाडबाखबाट बार्सिलोनामा आबद्ध भएका टर स्टेगनले क्लबका लागि ४०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले बार्सिलोनासँग एक पटक च्याम्पियन्स लिग र ६ पटक ला लिगा उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम