: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भासँग कुरा गरेका छन्।
सामाजिक सञ्जाल एक्समा कुराकानीबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुलासँग धेरै राम्रो छलफल भएको बताए। उनले भारत र ब्राजिल व्यापार, ऊर्जा, प्रविधि, रक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन प्रतिबद्ध रहेको बताए।
उनले भने,‘ग्लोबल साउथका देशबीचको बलियो र जनता–केन्द्रित साझेदारीले हाम्रा नागरिकलाई मात्र नभई सम्पूर्ण विश्वलाई फाइदा पुर्याउँछ।’
यसअघि अमेरिकाले ब्राजिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। ट्रम्प ब्रिक्ससँग धेरै रिसाएका छन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका यसका महत्त्वपूर्ण सदस्य हुन्।
ट्रम्पले ब्रिक्सले डलरलाई कमजोर पार्न खोजे अमेरिकाले कडा कारबाही गर्ने बताए।