मुख्य समाचार
नेपाली महिला टिमले १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएको छ
नेपाली महिला टिमले १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएको छ

: नेपाल महिला फुटबल टिमको फिफा वरीयता सुधार भएको छ। नेपाली महिला टिमले १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएको छ।



बिहीबार अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सर्वाजनिक गरेको वरीयतामा नेपालले १३ स्थान सुधार गरेको हो। यो नेपालले हालसम्म फिफा वरीयतामा प्राप्त गरेको सबैभन्दा राम्रो स्थान हो। यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो।


गत महिना भएको एएफसी एसियन कप छनोटमा नेपालले गरेको प्रदर्शन पश्चात् नेपालको वरीयता माथि उक्लिएको हो। नेपालले उज्वेकिस्तानसँग ३-३ को बराबरीसहित पेनाल्टी सुटआउटमा पराजित भएको थियो।


नेपालसँगै दक्षिण एसियाका ५ वटा राष्ट्रका महिला फुटबल टिमले वरीयतामा सुधार गरेका छन्। माल्दिभ्स र श्रीलंका भने २ स्थान तल झरेको छ।
हालः फिफा वरीयतामा सर्वाधिक छलाङ बंगलादेश महिला फुटबल टिमले मारेको छ। बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ।

भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ। पाकिस्तानले ३ स्थान सुधार गर्दै १५४औं स्थानमा, श्रीलंका महिला फुटबल टिम २ स्थान तल १६१औं स्थानमा झरेको छ। भुटान ८ स्थान सुधार गर्दै १६३औं स्थानमा छ। माल्दिभ्स २ स्थान तल झर्दै १६५औं स्थानमा रहेको छ। फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका दोस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम