मुख्य समाचार
डिजेल सेवनबाट वृद्धको मृत्यु
डिजेल सेवनबाट वृद्धको मृत्यु

: यातायातका साधनमा प्रयोग हुने डिजेल पिउँदा उदयपुरको चौदन्डिगढी नगरपालिका ६ सुगारेका एक वृद्धको बुधबार ज्यान गएको छ।



सोमबार बेलुकी ७ बजे आफ्नै घरमा बोतलमा राखिएको डिजेल झुक्किएर पिउँदा स्थानीय ९३ वर्षीय अन्त नारायण श्रेष्ठको बुधबार उपचारको क्रममा ज्यान गएको हो।


जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार डिजेल सेवनपछि बेहोस भएका श्रेष्ठको नगर अस्पताल चौदण्डीगढीमा सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो।


दुई दिनदेखि अस्पतालको सघनकक्षमा उपचारत श्रेष्ठलाई चिकित्सकले साँझ साढे ६ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सुरू भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू भएको हो । भेला पूर्वनिर्धारित समय १२:३५ मा प्रारम्भ भएको थियो । कर्णालीमा पनि सुदूरपश्चिमबाट सुरू भएको नयाँ परम्पराबमोजिम आशन ग्रहण गराइएको छ । आशन ग्रहण कार्यत्रलम केवल ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १३ प्रकारका विदेशी उत्पादन नेपाली बजारमा प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को अनुमति दिनुअघि ती वस्तु नेपालमै उत्पादन भए/नभएको यकिन गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ । काठमाडौं महानगरपालिका–६ मा कार्यालय रहेको ‘ब्रेनवे मल्टिट्रेड मार्केटिङ प्रालि’ ले विदेशी मुलुकमा उत्पादित स्वास्थ्यबर्धक जुस र कस्मेटिक सामग्री नेपालमा बिक्री ...
। २५ वर्ष (जन्मकैद) को सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ घर भएका ४१ वर्षीय जीवन पुर्कुटी भनिने जीवनबहादुर पुर्कुटी छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यानको कसुरमा उनलाई २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला भएको थियो । उनी जेनजी आन्दोलनको क्रममा ...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि ...
। बालपोषण भत्ता ७७ वटै जिल्लामा विस्तार गरी बालबालिकामा लगानी बढाउनुपर्ने माग सरोकारवालाले राखेका छन् । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा वक्ताहरूले बालपोषण भत्तालाई राष्ट्रको भविष्य निर्माण गर्ने प्रमुख आधारका रूपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले बालपोषण भत्ता आर्थिक सहयोग मात्र नभई कुपोषण न्यूनीकरण, मस्तिष्क विकास, स्वास्थ्य सेवा पहुँच र सामाजिक ...