मुख्य समाचार
इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिसँग जोड्ने उद्देश्यले विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्ने
इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिसँग जोड्ने उद्देश्यले विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्ने

: इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिसँग जोड्ने उद्देश्यले विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (करिब १५ अर्ब ६० करोड डलर) लागतको परियोजनालाई अन्तिम स्वीकृति दिने तयारी गरेको छ।



उपप्रधानमन्त्री तथा पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौं पुरानो योजनालाई अन्ततः कार्यान्वयनमा लैजाँदै 'इतिहासको नयाँ अध्याय सुरु हुने' बताएका छन्। पुल मेसिनाको जलडमरूमध्यमा निर्माण गरिनेछ, जसलाई राज्यले नै वित्तीय सहयोग गर्नेछ।


यो झोलुङ्गे पुलको झुण्डिएको भाग ३.३ किलोमिटर (२.०५ माइल) लामो हुनेछ, जसले दुई वटा ४०० मिटर (१,३०० फिट) अग्ला टावरलाई जोड्नेछ। पुलमा बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको सडक रहने गरी डिजाइन गरिएको छ।


सरकारका अनुसार सन् २०३२ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको यो परियोजना इन्जिनियरिङको अत्याधुनिक नमुना हुनेछ। यो पुल तीव्र हावा र भूकम्पको जोखिमयुक्त क्षेत्रमा बने पनि बलियो संरचनाले चुनौती सामना गर्न सक्षम हुने जनाइएको छ।

साल्भिनीका अनुसार पुल निर्माणले दक्षिण इटालीका दुई गरिब क्षेत्रहरू, सिसिली र मुख्यभूमिको क्यालाब्रियामा आर्थिक विकास र रोजगारीको अवसर ल्याउनेछ। उनका अनुसार परियोजनाबाट दशौँ हजार रोजगारी सिर्जना हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा इस्लामी लडाकु समूहसँग सैन्य कारबाहीको योजना तयार गर्न आदेश दिएका छन्। उनले नाइजेरियाली सरकारले त्यहाँ बसोबास गर्ने क्रिश्चियनको हत्या रोक्न पर्याप्त कदम नचालेको आरोप लगाएका हुन्। ट्रम्पले कुन हत्या भन्ने कुरा स्पष्ट पारेनन्। तर अमेरिकाका दक्षिणपन्थी वृत्तमा नाइजेरियाली क्रिश्चियनविरुद्ध कथित हिंसाको दाबी देखा परेका छन्। अनुगमन समूहले नाइजेरियामा मुस्लिमभन्दा क्रिश्चियनलाई बढी मारिएको ...
: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस–३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३–एम५ ले सीएमएस–३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको बताए। उनले भने,ʻम सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ।ʼ अध्यक्ष वी. नारायणनले आर्थिक ...
। संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र चीनले सैन्य–सैन्य प्रत्यक्ष सञ्चार च्यानलहरू स्थापना गर्ने सहमति गरेको बताएका छन् । उनका अनुसार दुवै मुलुकबीचको द्विपक्षीय सम्बन्ध ‘अहिलेसम्मकै उत्कृष्ट अवस्थामा’ पुगेको छ । हेग्सेथले शनिबार राति क्षेत्रीय सुरक्षा सम्मेलनका क्रममा आफ्ना चिनियाँ समकक्षी एडमिरल डोङ जुनसँग भेटवार्ता गरेका थिए । उनले भने, ‘शान्ति, स्थिरता र राम्रो ...