मुख्य समाचार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट

: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद खेलकुद (राखेप)को समन्वयमा ललितपुरको सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट गरिएको हो।



फिटनेस तथा फिजिकल टेस्टमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक, फिजियोलगायत उपस्थित थिए। फिटनेस तथा फिजिकल टेस्टको नतिजाका बारेमा टिममा छलफल हुने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए।


खड्काले हाइ पर्फमेन्स सेन्टरमा फिटनेस तथा फिजिकल टेस्टका लागि सम्पूर्ण उपकरण रहेकाले सहज भएको बताए। अरु खेल संघहरूले पनि हाइ पर्फमेन्स सेन्टरको सदुपयोग गरेर खेलाडीको फिटनेसमा ध्यान दिनुपर्ने उनले सुझाव दिए।


त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले बनाइएको हाइ पर्फमेन्स सेन्टरको सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा यसलाई थप सुविधासम्पन्न बनाउन सबैले ध्यान दिनुपर्ने उल्लेख गरे। फिटनेस तथा फिजिकल प्ररीक्षणको नतिजाले खेलाडी र सम्पूर्ण टिमलाई बलियो बनाउने मद्धत पुग्ने उनको विश्वास छ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली केही दिनमा टप एण्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान गर्दैछ। अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...