मुख्य समाचार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट

: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद खेलकुद (राखेप)को समन्वयमा ललितपुरको सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको फिटनेस तथा फिजिकल टेस्ट गरिएको हो।



फिटनेस तथा फिजिकल टेस्टमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक, फिजियोलगायत उपस्थित थिए। फिटनेस तथा फिजिकल टेस्टको नतिजाका बारेमा टिममा छलफल हुने नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए।


खड्काले हाइ पर्फमेन्स सेन्टरमा फिटनेस तथा फिजिकल टेस्टका लागि सम्पूर्ण उपकरण रहेकाले सहज भएको बताए। अरु खेल संघहरूले पनि हाइ पर्फमेन्स सेन्टरको सदुपयोग गरेर खेलाडीको फिटनेसमा ध्यान दिनुपर्ने उनले सुझाव दिए।


त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीको प्रशिक्षणस्तर उकास्ने उद्देश्यले बनाइएको हाइ पर्फमेन्स सेन्टरको सबैले सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा यसलाई थप सुविधासम्पन्न बनाउन सबैले ध्यान दिनुपर्ने उल्लेख गरे। फिटनेस तथा फिजिकल प्ररीक्षणको नतिजाले खेलाडी र सम्पूर्ण टिमलाई बलियो बनाउने मद्धत पुग्ने उनको विश्वास छ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली केही दिनमा टप एण्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान गर्दैछ। अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम