: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए।
त्यसपछि ह्वाइट हाउसको पत्रकार सम्मेलनमा ट्रम्पले अझै धेरै गर्न बाँकी रहेको बताए।
ट्रम्पले भने, ‘केवल ८ घण्टा भएको छ। हेरौँ अब के हुन्छ। धेरै थप प्रतिबन्धहरू पनि देख्न सकिन्छ।’
ट्रम्पलाई सोधिएको थियो, ‘के तपाईंसँग चीनमा पनि थप कर लगाउने कुनै योजना छ ?’
जवाफमा ट्रम्पले भने,‘त्यो हुन सक्छ। यो हामीले अब के कदम चाल्छौँ भन्नेमा निर्भर गर्दछ।’