मुख्य समाचार
साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै
साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै

: एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ।



भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो।




निर्धारित ९० मिनेटको अन्तिम केही सेकेन्ड बाँकी हुँदा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसलाई पूर्णिमा राईले छोडिदिँदा सुक्रियाले बाँया तर्फबाट गोल गर्दै नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण गोल गरेकी हुन्। अनमार्क रहेकी सुक्रियाले गोल गर्दै नेपालको एसिया कपको यात्रा जारी राखेकी हुन्।
खेलको छैटौं मिनेटमा नेपालकी डिफेन्डर सरिता नाथले हानेको फ्री किक सिधा किपरको हातमा गयो। खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो।

खेलको ३८औं मिनेटमा नेपालकी फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो। यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो। पहिलो हाफ शून्य बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा नेपालले निकै आक्रमक फुटबल खेल्यो। जसको फलस्वरुप दोस्रो हाफको अन्तिम सेकेन्डमा नेपालले विजयी गोल गरेको हो।

यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो। नेपालले छनोट चरणको अन्तिम खेल १० अगष्टमा बलियो उत्तर कोरियासँग खेल्नेछ। साउदी अरेबीयाले पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो। उत्तर कोरियाले आजको दोस्रो खेल घरेलु टिम भुटानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम