: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामबारे छलफल गर्न चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने सम्भावना रहेको बताएका छन्।
बुधबार ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेका थिए। यो भेटलाई उपयोगी र रचनात्मक भनी वर्णन गरिएको छ।
युक्रेनमा युद्धविराममा सहमति जनाउन अमेरिकाले रुसलाई दिएको समयसीमा शुक्रबार सकिँदैछ।
अमेरिकाले सम्झौता नभए रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
बुधबार नै अमेरिकाले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत थप कर लगाउने घोषणा गरेको छ।
यो कदम भारतले रुसबाट तेल खरिद गर्ने सम्बन्धमा उठाइएको हो।