मुख्य समाचार
बर्दियाका एकै परिवारका तीनजनासहित पाँच बेपत्ता
बर्दियाका एकै परिवारका तीनजनासहित पाँच बेपत्ता

: भारतको उत्तराखण्ड राज्यमा केही दिनअघि एक्कासी आएको बाढीमा परी बर्दियाको मधुवन नगरपालिका निवासी एकै परिवारका ३ जना र अन्य २ जना गरी ५ जना बेपत्ता भएका छन् । उनीहरू भारतको उत्तराखण्ड राज्य अन्र्तगत रहेको पौडी जिल्ला बाँकुडा गाउँमा मजदुरी गर्न गएको बुझिएको छ ।



बाढीमा परी मधुवन नगरपालिका वडा नम्बर ६ गाउँ नम्बर ४ निवासी अन्दाजी ३९ वर्षीय नरेन्द्र खड्का उनकी श्रीमती सरस्वती भण्डारी खड्का र नाबालक छोरा २ वर्षीय रोमन खड्का बेपत्ता भएको मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङले बताए । त्यस्तै मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर ८ निवासी रामु परियारकी श्रीमती अमृता परियार र गुलरिया नगरपालिका संगमवस्तीस्थित सुकुमबासी टोल बस्ने अन्दाजी २०/२१ वर्षीय सुवास परियार पनि बाढीमा बेपत्ता भएको बुझिएको छ ।


उनीहरू नयाँ वर्ष मनाएर सडक मजदुरको रुपमा भारत गएको बुझिएको छ। मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर ८ का ठेकेदार चित्रबहादुर पौडेलमार्फत त्यहाँ पुगेको बुझिएको छ । उनले भने, 'ठेकेदार पौडेलसँग प्रहरीले सम्पर्क गर्दा सो ठाउँमा बाढी आई केही नेपाली घाइते भएको र स्थानीय मेडिकलमा औषधिउपचार भइरहेको छ । स्थानीय प्रशासनसँग समन्वय गरी बेपत्ता भएकाहरूको खोज तलास भइरहेको छ।'


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले घटना थाहा पाउने वित्तिकै प्रहरीसहित पीडितका घरघर पुगी वस्तुस्थिती बुझेका थिए । बेपत्ता भएकाका कतिपय परिवारहरू खोजतलासको लागि घटना स्थलतर्फ गइसकेको प्रवक्ता गुरुङको भनाइ छ । नगरपालिकाले पीडितका परिवारलाई जनही २५ हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...