: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी शुक्रबार अमेरिकी राज्य अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने घोषणा गरेका छन्।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो र रुसी राष्ट्रपति पुटिनको भेटवार्ता अर्को शुक्रबार (अगस्ट १५, २०२५) मा अलास्काको ग्रेट स्टेटमा हुने जानकारी दिएका हुन्।
अलास्कामा भ्लादिमिर पुटिनसँगको भेटवार्ताको घोषणापछि रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले भने,‘रूस र अमेरिका नजिकका छिमेकी हुन्। यसले एकअर्कासँग सीमा साझा गर्छन्। दुई देशका नेताबीचको महत्त्वपूर्ण र अपेक्षित शिखर सम्मेलन अलास्कामा हुनु राम्रो हो।’
युरी उशाकोभका अनुसार अलास्का पछिको अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्छ। उनले यसका लागि निमन्त्रणा पहिले नै पठाइएको बताए।
यसअघि २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसको भ्रमण गरेका थिए।
यद्यपि, अलास्कामा ट्रम्प–पुटिन शिखर सम्मेलनको पुष्टि भएपछि युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
भेटमा युक्रेन र रुस युद्धका विषयमा छलफल हुने जनाइएको छ। यस्तै दुवैको हितमा केही क्षेत्रको आदानप्रदान पनि हुने संकेत छ।