मुख्य समाचार
‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’
‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’

— ‘मलाई यस्तो लाग्दैछ, मैले काठमाडौं छाडेकै थिइनँ,’ सञ्चारकर्मीले प्रश्न तेर्स्याउनु अगाडि नै मोन्टी देसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भनाइ राखिहाले । १२ वर्षयता नेपाली क्रिकेटसँग जोडिँदै आएका उनी यस पटक नेपाल प्रिमियर लिगका लागि काठमान्डु गोर्खाजको प्रशिक्षक बनेर आएका हुन् ।


काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको गोर्खाजले गत महिना मोन्टीलाई राजधानीको फ्रेन्चाइज टोलीको प्रशिक्षक नियुक्त गरेको थियो । एनपीएल दोस्रो संस्करणका लागि शनिबार हुने अक्सनलाई केन्द्रित गर्दै उनी बिहीबार काठमाडौं ओर्लिए ।

‘म अझै यो देशको क्रिकेटलाई योगदान दिइरहेको छु, अब काठमान्डु गोर्खाजसँगको सहयात्रा उत्साहजनक हुनेछ । मिनी अक्सनबाट नयाँ खेलाडी लिँदै यो यात्रा सुरु हुनेछ,’ ६ महिनापछि पुनः नेपाल फर्किएका मोन्टीले भने, ‘म कुनै न कुनै रूपमा योगदान दिन चाहन्थें किनभने यो राष्ट्रले मलाई परिचय दिएको छ । यसप्रति म जीवनभर आभारी रहनेछु ।’

मोन्टी सन् २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहे । यही क्रममा नेपाल विश्वकप लिग–२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।

गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ । मोन्टीलाई गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र प्रशिक्षक वसन्त शाहीले विमानस्थलमा स्वागत गरेका थिए । गत वर्ष गोर्खाज पाँचौं भएको स्मरण गर्दै अझ राम्रो गर्न धेरै गृहकार्य रहेको मोन्टीले बताए ।
हामीसँग ‘भ्यालेनटाइन ब्वाइ’ करण छन्, उनले जसरी आफ्नो खेलजीवन अगाडि बढाइरहेका छन्, त्यसमा म धेरै खुसी छु । दुई वटा राम्रा देव्रेहाते स्पिनर शाहब र दीपेश छन् । प्रतीकसँग चाहिँ मैले काम गरेको छैन । उनी कस्ता खेलाडी हुन् र कस्तो क्षमता छ, हेर्न बाँकी छ,’ मोन्टीले गोर्खाज टोलीबारे भने, ‘अक्सनमा केही पुराना र केही नयाँ नाम छन् । मैले सूचीमा धेरै खेलाडीको नाम देखेको छु । हामीले मिनी अक्सनबाट ५ खेलाडी लिनु छ, त्यसैले हामी रणनीतिक भएर गोर्खाजलाई सन्तुलित बनाउनुपर्छ ।’

गत वर्ष लक्की ‘ड्र’ मा पनि भाग्यमानी बन्न नसकेको व्यवस्थापनले आफूलाई जानकारी गराएको उनले सुनाए । नेपाली टोलीका ब्याटर मध्ये भीम (सार्की) ले राम्रो भूमिका खेल्नेमा उनी आशावादी छन् । अक्सनका लागि टिमसँग छलफल गर्दै आएको तथा घरेलु क्रिकेट राम्रो हुँदै गएका कारण राम्रो खेलाडी पाउने आशा लिएको मोन्टी सुनाउँछन् ।



‘मैले गत सिजन एनपीएल हेरेको थिएँ, १–२ खेल राम्रो गरेको भए टोली शीर्ष चारमा पर्न सक्थ्यो । अब यो काठमान्डु गोर्खाजको पहिचान बनाउने समय पनि हो, अझ महत्त्वपूर्ण पक्ष भनेको जसले यो फ्रेन्चाइज टोलीबाट खेल्छ, त्यो खेलाडीमा राष्ट्रको प्रतिनिधित्व गर्ने आकांक्षा पनि होस्,’ मोन्टीले भने ।

एनपीएलका लागि पहिलो प्रस्ताव गर्ने गोर्खाज नै भएकाले आफू आएको बताउँदै उनले आफ्नो नयाँ टोलीबारे भने, ‘बलिङका हिसाबमा हामी राम्रो गर्न सक्छौं । ब्याटिङका हिसाबमा राष्ट्रिय टोलीका केही खेलाडी मिस भएजस्तो लाग्यो । तर विदेशी खेलाडीले पनि यसमा प्रभाव पार्न सक्छन् । अक्सनबाट १–२ चाहेका खेलाडी पर्‍यो भने टिममा फरक पर्न सक्छ ।’

उनी सन् २०१४ सम्म इन्डियन प्रिमियर लिग टोली राजस्थान रोयल्सको स्काउट प्रशिक्षक थिए । त्यसयता उनी क्यानडा, अफगानिस्तान, वेस्ट इन्डिज टोलीको ब्याटिङ प्रशिक्षक रहे । उनले भने, ‘फ्रेन्चाइज क्रिकेटमा केही समय बाहिर थिएँ, फेरि फर्किएको छु । राष्ट्रिय टोलीमा नभएका हाम्रा खेलाडीलाई लयमा राख्नुपर्ने चुनौती छ ।’ पुनर्निर्माणको क्रममा रहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गएर त्यसको अनुभूति लिने उनी सुनाउँछन् ।

प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई स्वागत गर्दै कार्यकारी निर्देशक काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीलगायत ।
एनपीएलबाट नेपाली खेलाडीले राम्रो मौका पाइरहेको र फ्रेन्चाइजहरूमा पनि प्रतिद्वन्द्विता बढिरहेकाले एनपीएल राम्रो लयमा अगाडि बढेको मोन्टीको बुझाइ छ । ‘एनपीएलले लामो दूरी लिने र यो नेपालको परिचय बन्ने छ । गत सिजनको एनपीएलले नन्दन यादवलाई अगाडि ल्याएको थियो । यस वर्ष अरू खेलाडी पनि आउने आशा लिएको छु,’ मोन्टीले भने ।

एनपीएलको दोस्रो सिजन नोभेम्बर–डिसेम्बरमा हुने तालिका छ । त्यसअघि नेपालले अक्टोबरमा ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ । ‘नेपाल विश्वकपमा पुगेको हेर्न मैले समर्थन गरिरहेको हुनेछु,’ मोन्टी नेपाली टिमसँगको आफ्नो सम्बन्धलाई अझै जोड्न खोजे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम