मुख्य समाचार
म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरे
म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरे

: बेलायतमा ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरेको छ। तर, पछि उनले जमानत पनि पाएका छन्।



हैदर अलीले २०२० मा राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका थिए। त्यसयता उनले ३५ टी–२० अन्तर्राष्ट्रिय खेल र दुई एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन्।


क्रिकेटर हैदर अलीबारे रोयटर्सलगायतका समाचार एजेन्सीले उनलाई एक महिलाको उजुरीमा म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको जनाएका छन्।


प्रहरीका अनुसार पक्राउ परेका हैदर अलीलाई थप अनुसन्धान नभएसम्म जमानत दिइएको छ।

यद्यपि, अनुसन्धान पूरा नभएसम्म उनी बेलायत छोड्न पाउने छैनन्।

पाकिस्तान क्रिकेट बोर्डले बिहीबार राति क्रिकेटर हैदर अलीको म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा पीसीबीलाई क्रिकेटर हैदर अलीविरुद्ध ग्रेटर म्यानचेस्टर प्रहरीले गरिरहेको आपराधिक अनुसन्धानबारेमा जानकारी गराइएको भनिएको छ।

पीसीबीको विज्ञप्ति अनुसार अनुसन्धान पाकिस्तान शाहिन्सको हालैको इङ्गल्याण्ड भ्रमणका क्रममा भएको घटनासँग सम्बन्धित छ।

पीसीबीले ग्रेटर म्यानचेस्टर प्रहरीले हैदर अलीमाथि अनुसन्धान गरिरहेको र राष्ट्रिय क्रिकेटरलाई पीसीबीले कानुनी सहयोग दिएको भनेको छ।

पीसीबीले विज्ञप्तिमा भनेको छ, ‘पीसीबीले बेलायतको कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्दछ र यसको महत्त्वलाई स्वीकार गर्दछ। पीसीबीले हैदर अलीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।’

‘कानुनी प्रक्रिया पूरा भएपछि र सबै तथ्यहरू प्रकाशमा आएपछि, पीसीबीले आफ्नो आचारसंहिता अन्तर्गत उपयुक्त कारबाही गर्ने अधिकार सुरक्षित राख्छ। कानुनी प्रक्रिया पूरा नभएसम्म पीसीबीले यस विषयमा थप कुनै टिप्पणी गर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ।

हैदर अली पक्राउ परेपछि पाकिस्तानी क्रिकेट प्रशंसकहरूले सामाजिक सञ्जालमा तिखो प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम