— कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक घटनामा घाइते भएकामध्ये ६ जना कैदीबन्दीको शल्यक्रिया गरिएको छ । हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो ।
अस्पतालका प्रवक्ता डा. खगेन्द्र भट्टका अनुसार हात, खुट्टा भाँचिएका तथा हाडजोर्नी अलग भएका पाँच जना र टाउकोमा गम्भीर चोट लागेका एक जनाको शल्यक्रिया ...