मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न

। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ ।

अक्सनबाट ए क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।




ए क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको लक्की ड्र बाट चितवनले अनुबन्ध गर्न सफल भयो ।

त्यस्तै अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि लक्की ड्र मा चितवन भाग्यमानी साबित भयो ।



पहिलो सिजनमा चोटका कारण अक्सनमै समावेश नभएका पवन सर्राफमाथि ४ टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको लक्की ड्र बाट कर्णालीले अनुबन्ध गर्‍यो ।

सबैभन्दा व्यग्र प्रतीक्षामा रहेका आदिल आलममाथि ८ वटै टोलीले बोली लगाएका थिए । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।

त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रुपैयाँमा अनुबन्ध भए ।

ए क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमश: लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए ।

अझै केही टोलीहरूले आफ्नो स्लट पूरा गर्न बाँकी रहेकाले अब विश लिस्टबाट टिमहरूले खेलाडी छान्ने छन् ।

२६ खेलाडी अक्सनबाट अनुबन्ध भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम