मुख्य समाचार
आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरुले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर जोखिम बढेको औंल्याए
आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरुले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर जोखिम बढेको औंल्याए

। आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरुले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर जोखिम बढेको औंल्याएका छन्।

उनीहरुले विश्वभर हरेक वर्ष मानव स्वास्थ्यसँग सम्बन्धित रहेर करिब १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगिरहेको बताएका छन्।




स्वास्थ्य अनुसन्धान जर्नल द लान्सेटमा प्रकाशित पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो जोखिम उल्लेख गरिएको छ। प्रतिवेदनमा माइक्रोप्लास्टिक र प्लास्टिक रसायनहरु मनव स्वास्थ्यमा पार्ने प्रभावबारे हालसम्मका अध्ययनका प्रमाणमाथि गहिरो समीक्षा गरिएको छ।

प्लास्टिक प्रदूषण मानव तथा पृथ्वीकै स्वास्थ्यका लागि गम्भीर समस्याका रुपमा देखा परेको प्रतिवेदनमा उल्लेख छ। पछिल्ला केही दशकयता प्लास्टिक उत्पादन र प्रयोग ह्वात्तै बढेकाले विज्ञहरुले यसलाई गम्भीर चुनौति भनेका छन्।



प्लास्टिकको प्रयोग बाल्यकालदेखि वृद्धावस्थासम्म मानिसहरुमा रोग र मृत्युको कारण बन्दै गएको विज्ञहरुको भनाइ छ।

प्रोफेसर फिलिप जे ल्यान्ड्रिगन, प्रो सारा डनलप, प्रोफेसर जोन स्टेगेमन, प्रो बेथानी कार्नी, लगायतका विज्ञले प्लाष्टिक प्रदूषण मानव स्वास्थ्य र पृथ्वीका लागि गम्भीर चुनौतिका रुपमा देखा परेको उल्लेख गरेका छन्। उनीहरुले यसको असरलाई अझै कम आँकलन गरिएकोले खतरा अझ बढेको भन्दै तत्काल सम्बोधन आवश्यक रहेको बताएका छन्।

प्रतिवेदनले न्युन आय भएका र जोखिममा रहेका जनसंख्या सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ।

सन् १९५० मा विश्वभर प्लास्टिकको उत्पादन २ मेगाटन थियो। ७२ वर्षपछि सन् २०२२ उत्पादन ४७५ मेगाटन पुग्यो। हालै प्रकाशित एक अनुसन्धानका अनुसार आगामी सन् २०६० मा १२ सय मेगाटन प्लास्टिक उत्पादन हुनेछ। अहिलेकै अवस्था कायम रहे सन् २०६० सम्ममा प्लास्टिक उत्पादन तीन गुणासम्म वृद्धि हुन सक्ने चेतावनी विज्ञहरुको छ।

प्रयोग भएकामध्ये ५७ प्रतिशत प्लास्टिक फोहोर कम आय भएका मुलुकहरुमा खुला स्थानमा जथाभावी जलाइन्छ, जसका कारण वायु प्रदूषण उच्च बनिरहेको छ।

उत्पादन वृद्धिसँगै यसको प्रयोगका कारण उत्पन्न प्रदूषणले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर चुनौति थपेको छ। प्लास्टिकको कुल प्रयोगमध्ये दश प्रतिशत भन्दा कम मात्र पुन: प्रयोग भइरहेकाले पनि प्रदूषणको जोखिम बढाएको हो।

अनुसन्धान प्रतिवेदन भन्छ, प्लास्टिक उत्पादन, प्रयोग र नष्ट गर्ने प्रत्येक चरणमा मानव स्वास्थ्यमा खतरा बढाउने तत्वहरु हुन्छन्। प्लास्टिक उत्पादनको क्रममा वायुमा निस्किने प्रदूषकहरुमध्ये पीएम २.५ सल्फर डाइअक्साइड, नाइटोजन अक्साइड तथा हानिकारक रसायनहरु समावेश छन्, जसको सम्पर्कमा प्लाष्टिक उद्योगमा काइरत व्यक्ति आउन सक्छन् ।

रिपोर्टमा मानव कोशिका र शरीरकमा तरल पदार्थहरुमा माइक्रोप्लास्टिकको उपस्थिति फेला परेको उल्लेख गरिएको छ। त्यसले पार्ने पूर्ण प्रभावबारे बुझ्न भने अझै थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ ।

प्लास्टिक उत्पादनमा वृद्धि र यसको प्रयोग तथा उत्पन्न प्रदूषणले पारिरहेको विश्वव्यापी असरलाई अन्त्य गर्न बाध्यकारी कानुन निर्माणको पहल स्वरुपमा संयुक्त राष्ट संघ वातावरण कार्यक्रमले जेनेभामा पाँचौं चरणको दोस्रो वार्ता चलिरहेको छ।

समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी अन्तर्राष्ट्रिय कानुनी उपकरण विकास गर्न स्विट्जरल्यान्डको जेनेभामा निर्णायक वार्ता चलिरहेको छ ।

संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम र स्विटजरल्याण्ड सरकारको आयोजनामा ग्लोबल प्लाष्टिक सन्धि अनुमोदनको प्रयासस्वरुप निर्णायक वार्ता चलिरहेको हो। अन्तरसरकारी वार्ता समितिको पाँचौं सत्रको दोस्रो भाग (आईएनसी ५.२) नाम दिइएको वार्तामा नेपालसमेत सहभागी छ।

सन् २०२२ मा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले कानुनी रुपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए । जसलाई ग्लोबल प्लाष्टिक सन्धि भनिन्छ। यस सन्धिमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्र समेटिएको छ। २०२२ मा बाध्यकारी कानुनी सम्झौता बनाउने निर्णय भए पनि यसले मूर्त रुप लिन भने सकिरहेको छैन।

केही राष्ट्रले आआफ्ना सरोकारको सम्बोधन नभएको भन्दै समय लिइरहेका छन्। सन्धि अनुमोदनका लागि पाँचौं चरणको पहिलो वार्ता दक्षिण कोरियामा गत वर्ष भएको थियो। सो वार्ताले सहमति जुटाउन नसकेपछि जेनेभामा पाँचौं चरणको दोस्रो भाग सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम