मुख्य समाचार
चीन भावी विदेशमन्त्रीको दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ
चीन भावी विदेशमन्त्रीको दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ

। चीन भावी विदेशमन्त्रीको दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ परेका छन् ।

चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको हो ।




वाल स्ट्रिट जर्नलले आइतबार सार्वजनिक गरेको विवरणमा जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्केपछि अधिकारीहरूले लिउलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको उल्लेख छ । तर, लिउलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन ।

समाचार संस्था एएफीले चिनियाँ विदेश मन्त्रालयसँग घटनाको पुष्टि गर्न खोजेपनि मन्त्रालयले तत्काल जवाफ नदिएको बताएको छ ।



६१ वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि चिनियाँ राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा रहेर काम गरिसकेका छन् ।

लिउले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरुद्धको अभियान कार्यान्वयन गर्ने जिम्मेवारी भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय निकायहरूको नेतृत्व गरिसकेका छन् ।

‘किन गाङ’पछि लिउ हिरासतमा पर्ने दोस्रो उच्चाधिकारी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

किनलाई सन् २०२३ मा विवाहेत्तर सम्बन्धको रिपोर्टपछि विदेशमन्त्रीको पदबाट बर्खास्त गरिएको थियो ।

राष्ट्रपति सीका विश्वासपात्र मानिएका लिउलाई चिनियाँ कूटनीतिक वृत्तमा उदीयमान व्यक्तित्वका रूपमा हेरिएको थियो ।

जुलाईको सुरुमा उनले अमेरिकाका रक्षामन्त्रीमाथि चीनको सामना गर्न आफ्ना सेनालाई बलियो बनाउन अमेरिकी सहयोगीहरूलाई आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाएका थिए ।

गत महिनाको अन्त्यमा धेरै अफ्रिकी देशहरू, सिङ्गापुर र अन्यत्र भएका बैठकहरूपछि उनको सबैभन्दा पछिल्लो सार्वजनिक सहभागिता जुलाई २९ मा अल्जेरियामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम