मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी
जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी

: मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । प्रहरीका अनुसार लालबहादुर खड्काको परिवारका सदस्यहरू बिरामी परेका हुन् ।



बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा आइतबार राति उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बिरामी परेका सबैजनाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको र शेरबहादुर तथा जानुकाको अवस्था मध्यम रहेको छ । अरुको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान