मुख्य समाचार
तराइमा जापानीज इन्सेफ्लाइटिसको प्रकोप
तराइमा जापानीज इन्सेफ्लाइटिसको प्रकोप

। तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन् ।




बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् ।

मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन् । खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ ।



केही समय अघि पूर्वका जिल्लामा देखिए पनि पछिल्लो चरणमा मधेस र कोशी प्रदेशसँगै लुम्बिनी प्रदेशमा फैलिएको छ । विभागका तथ्यांक अनुसार जेईको परीक्षण ६८६ जनाको गरिएको मध्ये ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।

जसमध्ये मधेशमा १० , कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४, गण्डकीका १ जना संक्रमित भएका छन् । ‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो , धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ,’ डा. गौतमले भने ।

संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको उनले बताए ।

‘प्रमुख अस्पतालका चिकित्सकलाई ओरिएन्टेसन दिइएको र आइसियूमा पुगेका बिरामीको निरन्तर फलोअप भइरहेको छ,’ डा. गौतमले भने, संक्रमितलाई तत्काल सही उपचार दिई निको पार्न सकियोस् भन्ने लक्ष्यका साथ सक्रिय छौँ ।’

सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।

खोप शाखाका प्रमुख डा. गौतमका अनुसार सन् १९९९ मा पाँच जिल्लाबाट सुरु भएको खोप अभियान २००९ सम्ममा २० जिल्लामा विस्तार गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस यस रोगबाट प्रभावित हुने गरेका छन् । विशेषगरी १५ वर्षमुनिका बालबालिकामा जेई बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्ने संगठनले जनाएको छ । जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो ।

यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्ने डा. गौतमले बताए ।

‘लामो समयसम्म सुँगुर, हाँसमा संक्रमण रहिरन्छ । त्यसकारण जनावरको बस्ने बास्थानमा सरसफाइ र झुलको प्रयोग गर्ने हो भने सुरक्षित हुन सकिन्छ,’ डा. गौतम भन्छन् ।

संक्रमित चरा र सुँगुरबाट लामखुट्टेमार्फत मानिसमा सर्ने यो रोगका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी अरर हुने, भ्रम, बोल्न नसक्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात समेत हुन सक्छ ।

जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन् ।

प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ । संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, मांसपेशी कडा हुनु, अचेत हुनु लक्षण हुन् । यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ । मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ ।

वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ ।

जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन्,’ उनले भने । जेईको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई ...
। गुल्मीमा ६ सय कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको छ । छाडा तथा घरपालुवा कुकुरको टोकाइबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अभियान नै सञ्चालन गरेर खोप लगाइएको हो । अभियानले समुदायमा फैलिन सक्ने घातक रेबिज रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पहलमा सञ्चालन भइरहेको यस कार्यक्रमको ...
— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल-अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत ...
। खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लूको जोखिम देखिएपछि यहाँ उच्च सर्तकता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिए । उनले यस क्षेत्रमा बर्ड फ्लू नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको ...
— सन् २०३५ सम्म नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारले थालेको कार्ययोजना अनुसार क्षयरोग नियन्त्रणका लागि प्रत्येक वर्ष स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह र संघसंस्थाहरुले सचेतनामूलकलगायत विभिन्न कार्यक्रम गर्दै आएका छन् । जिल्लामा सामूहिक रुपमा क्षयरोग पहिचान र उपचारका लागि ५८ स्थानमा डट्स सेन्टर, ५ स्थानमा डिएमसी सेवा र जिल्ला अस्पतालमा एक जना विज्ञले सेवा दिइरहेका छन् । ...