मुख्य समाचार
अष्ट्रेलियाका प्रधानमन्त्रीले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताए
अष्ट्रेलियाका प्रधानमन्त्रीले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताए

: अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका छन्।



यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने कुरा गरिसकेका छन्।


अल्बानीजले प्यालेस्टिनी प्राधिकरण (पीए)ले अष्ट्रेलियालाई आफ्नो सैन्य र हतियार आधार घटाउने, आम चुनाव गराउने र इजरायलको अस्तित्वलाई मान्यता दिने जस्ता केही प्रतिज्ञा गरेको बताए।


‘दुई राज्यलाई मान्यता दिनु भनेको मध्य पूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको सबैभन्दा राम्रो आशा मध्ये एक समाधान हो,’ उनले भने।

यसैबीच गाजामा युद्धविरामका लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु आतंकवादलाई पुरस्कृत गर्नु जस्तै भएको बताएको छ।

भोकमरी र कुपोषणका कारण शनिबारदेखि गाजामा पाँच जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्यु हुनेको संख्या २१७ पुगेको छ।

मन्त्रालयले २०२३ देखि इजरायलको सैन्य कारबाहीमा कुल ६१ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् । आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त ...
। मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए। दुवै देशका जनताबीच सदियौँ पुरानो सम्बन्ध छ। सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए। जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या ...
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको उनको दाबी छ । एक्समा लेख्दै रेजाईले सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा ...
। इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ...
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...