मुख्य समाचार
असल मान्छे भएकै कारण अनलाइनखब‍रले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको बताएका
असल मान्छे भएकै कारण अनलाइनखब‍रले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको बताएका

। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असल मान्छे भएकै कारण अनलाइनखब‍रले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको बताएका छन् ।

सोमबार अनलाइनखबरले आयोजना गरेको ४० मुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।




देशभरका लाखौं युवाबाट ४० जना छानेर सूची सार्वजनिक गर्ने काम आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘लामो समयको प्रयास र मिहिनेतबाट अनलाइनखबरले ४० मुनिका ४० जना छानेको छ । कति मिहिनेत पर्‍यो होला, यो ठूलो मिहिनेतको फल हो । कति लामो समयको धैर्य र प्रयास होला ।’



गर्न सकिन्छ भन्ने युवाहरुको आत्मविश्वासलाई प्रधानमन्त्री ओलीले सम्मान व्यक्त गरे ।

‘आज देशका ४० जना युवाहरूको सूचीमा पर्नुभएकोमा सबैलाई बधाइ छ । गर्न सकिन्छ भन्ने आफूप्रतिको आत्मविश्वासलाई सलाम गर्न चाहन्छु’ प्रधानमन्त्री ओलीले भने, तपाईंहरू समाजका नमूनाहरू हुनुहुन्छ । नयाँ काम थालेर जसरी नयाँ हाइप प्राप्त गर्नुभएको छ यो आफैंमा ठूलो कुरा हो ।’

यो देशमा केही हुँदैन र सबै भ्रष्ट छन् भन्ने भाष्य चिर्नका लागि अनलाइनखबरको यो कार्यक्रमले सहयोग गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘याे देशमा केही हुँदैन, सबै भ्रष्ट छन् भन्ने हो याे नेपाल भन्ने देशले असल मान्छे जन्माएकै छैन । त्यस्तो होइन । असललाई प्रोत्साहन गर्नुपर्छ । अनलाइखबरले किन आज सम्मान गरेको छ भने असल मान्छे भएरै हो । आज राम्रो काम गर्ने मात्रै सम्मानित भए । हामीले निराशा छाउने होइन । आफू पनि निराश हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सुडानमा नरसंहार, साढे २ वर्षयता ४० हजारभन्दा बढीको हत्या
बैतडीमा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक फरार
अमेरिका-चीन सम्बन्ध: तनावको भूमध्यरेखामा शान्तिको ‘हटलाइन’
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान